arrow

स्वच्छ मधेश समृद्ध प्रदेश नारासहित पूर्ण सफाई यात्राको शुभारम्भ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज ७ मंगलबार
madhesh-safa.jpg

जनकपुरधाम।  प्रदेश नम्बर दुईमा मुख्यमन्त्री स्वच्छता अभियानको आयोजन तथा युनिसेफको सहयोगमा  स्वच्छ मधेश समृद्ध प्रदेश नारा सहित पूर्ण सरसफाई तर्फको यात्राको शुभारम्भ भएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमदको अध्यक्षता एव प्रदेश नम्बर दुईका निमित्त प्रमुख सचिव शंकर सुवेदीको प्रमुख आतिथ्यमा शुरु भएको स्वच्छ खानेपानीको लागि गुणस्तर अनुगमन प्रशिक्षक प्रशिक्षण तालिम ३ दिनसम्म संचालन हुने भएको छ ।

तालिमको समुदघाटन गर्दै निमित्त प्रमुख सचिव सुवेदीले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश सरकारले संचालन गरेको कार्यक्रमहरु बारे जानकारी गराउनु भएका थिए ।

सुवेदीले भने प्रदेश सरकारले संचालनमा ल्याएको नमूना कार्यक्रमहरुमा जानकी मन्दिर सौन्दर्यीकरण, विरगंजको नगवा र मुर्ली पोखरीको सौन्दर्यीकरण लगायतका योजनाहरुले प्रदेशको सौन्दर्यतामा टेवा पुर्याउने   विश्वास व्यक्त गरे ।

उनले स्वच्छता अभियान अन्तर्गत ८ वटै जिल्ला २-२ वटा गरि १६ वटा अत्याधुनिक सुलभ शौचालय निर्माण प्रक्रियामा रहेको समेत बताए ।
कार्यक्रममा अध्यक्षता गरेका संयोजक अहमदले स्वच्छ खानेपानिको अभावमा स्वच्छताको परिकल्पना गर्न नसकिने बोल्दै  शुद्ध खानेपानीको लागि स्थानीय तहहरुसंग सहकार्य गर्न अभियान आतुर रहेको बताए ।

तालिममा युनिसेफको आस्वा २ कार्यक्रम संचालन रहेको सर्लाही देखी सप्तरी सम्मका १७ पालिकाका २ -२ जना प्रतिनिधि सहभागी रहेका छन । सहभागि प्रतिनिधिहरुले तालिम पछि आ–आफनो स्थानीय तहमा खानेपानीको गुणस्तर अनुगमन गर्ने बताइएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ