arrow

दिएको पैसा उठ्दैन, पैसाको समस्या छ भने यो ऊँटले दिन्छ राहत

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
FENG_SHUI.jpg

काठमाडौं । यदि तपाईं नराम्रो समयबाट गुज्रिरहनुभएको छ भने, घरमा फेङ्गशुई ग्याजेट ऊँट स्थापना गर्नुहोस्। यसले तपाईलाई समस्याहरूबाट छुटकारा दिने फेङ्गशुई ग्याजेटले जनाएको छ। केही विज्ञहरूका अनुसार लगानी सुरक्षित बनाउन र यसबाट अधिक प्राप्त गर्न ऊँटको जोडी स्थापना गर्नुपर्दछ।

यदि तपाईंको पैसा कतै अटकिएको छ र तपाईंले त्यो भनेको समयमा प्राप्त गर्नु हुनुहुन्न वा तपाईं नगद समस्यासँग सङ्घर्ष गर्दै हुनुहुन्छ भने घरमा दुईवटा उँटहरूको जोडी स्थापना गर्नुहोस्। यसलाई घरमा मात्रै हैन अफिसमा पनि स्थापना गरे आर्थिक बृद्धि गर्दछ। यसले तपाईंको व्यवसायको जोखिम कम गर्दछ।

यसले तपाईलाई समस्याहरूबाट छुटकारा दिनेछ। फेङ्गशुईका अनुसार, ऊँटको स्थापनाले हामीलाई आउने विपद र  दुर्भाग्यबाट पनि बचाउँछ। जसरी यो जनावरको अद्वितीय क्षमताको छ, यसै प्रकार फेङ्गशुई ग्याजेटको रूपमा पनि यसको प्रभाव अद्वितीय छ। ऊँट एक मात्र जनावर हो जुन धेरै दिनसम्म नखाईकन र पानी नपिइ पनिप्रतिकूल परिस्थितिमा आफ्नो धनीलाई आफ्नो गन्तव्यमा पुर्‍याउने क्षमता राख्छ ।

यदि तपाईको परिवारमा कोही बिरामी छ वा परिवारको कुनै सदस्य बिरामी, दुर्घटना इत्यादिको जोखिममा छ भने यो ग्याजेट निश्चित रूपमा उनको लागि सहयोगी हुनसक्छ। फेङ्गशुई ऊँट घरको उत्तरपश्चिममा स्थापित गर्नुपर्छ । घर जस्तै, यसलाई अफिसको उत्तर पश्चिम दिशामा नै स्थापित गर्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ