arrow

नेपाल चेम्वर अफ कमर्सद्धारा छात्रवृत्ति प्रदान

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
chamber-scholarship.jpg

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो। यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपियुसँग आबद्ध एलबिइएफ (लर्डबुद्ध) क्याम्पस मैतिदेबीमा ३ वर्षे बिए बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाउने भएका छन्।

१०‌‌ जोड २ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिएका थिए। यस योजनाबाट महिला विद्यार्थीहरुले ३ वर्षका लागि लाभ लिने भएका छन्। यस योजना अन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ। यो विषय अध्ययनका लागि छात्रवृत्तिमा परेका विद्यार्थीले ३ वर्षको अवधिभर रु ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्। चेम्बर र एलबिइएफ (लर्डबुद्ध) क्याम्पसबीच भएको समझदारीपत्र अनुसार गठीत छनौट समितिले छात्रवृत्ति छनौट गरेको थियो।

छात्रवृत्तिमा परेका छात्राहरुमा अनु पौडेली, संखुवासभा प्रदेश न. १, मेनुका गुरुङ, इटहरी, प्रदेश न. १, सुप्रया ठाकुर, रौतहट प्रदेश २, अन्वेषा खड्का, दोलखा, प्रदेश न. ३, र कृटिना श्रेष्ठ, काठमाडौं, प्रदेश ३ परेका छन्। आगामी वर्षदेखी सबै प्रदेशको प्रतिनिधि हुने गरी छनौट गर्ने व्यवस्था गरिएको चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीका अध्यक्ष दिपक काजी तुलाधरले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ