arrow

दोस्रो विवाहको लागि महेश भट्टले गरे धर्म परिवर्तन, छोरी बारेमा दिएको बयानले मच्चियो बवाल

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
mahesh-bhatta.jpg

काठमाडौं ।  महेश भट्टले बलिउडमा धेरै हिट फिल्महरूका साथै नयाँ अनुहारहरू पनि दिएका छन् । हाल सालै उनी आफ्नो फिल्म 'सडक २' को निर्देशनमा व्यस्त छन् । महेश भट्ट आफ्नी छोरी आलिया भट्टसंग यो फिल्म बनाउँदैछन्। भट्ट  प्रायः बोल्ड विषयहरूमा फिल्महरू बनाउँदै आएका छन्। उनको मसलादार फिल्महरूले दर्शकहरूलाई धेरै मनोरञ्जन दिन्छन्। महेश भट्ट २० सेप्टेम्बरमा आफ्नो जन्मदिन मनाउँछन्। व्यावसायिक जीवन बाहेक महेश भट्ट निजी जीवनको बारेमा पनि धेरै चर्चा हुने गरेको छ । उनले आफ्नो जीवनमा थुप्रै उतार-चढाव देखेका छन् ।

कयौ पटक उनको नाम विवादास्पद पनि बनेको थियो। महेश भट्टका आमाबुबाको बिहे कहिले पनि भएको थिएन। यसले उसको जीवनमा प्रभाव पारेको थियो। त्यसकारण उनले आफ्नो जीवनमा पनि विवाहलाई बढी महत्त्व दिएनन। महेशकी आमा मुस्लिम र बुबा हिन्दू थिए । उनि सधैं आफ्नो बुबादेखि टाढा रहे ।

जब महेश कलेजमा थिए, उनको लोरेन ब्राइट नामकी केटीसँग प्रेम भयो। विवाह पछि लोरेनको नाम किरण भट्ट राखियो। किरण पूजा भट्ट र राहुल भट्टकी आमा हुन्। फिल्म बनाउने क्रममा उनको परवीन बबीसँग अफेयर थियो। यसले उनको पहिलो विवाहमा फाटो ल्यायो। केही समयपछि परवीनसँगको उनको सम्बन्ध पनि बिग्रियो।

यस पछि, सोनी राजदान महेशको जीवनमा आइन् । किरण र महेश भट्टको सम्बन्धविच्छेद भएको थिएन तर उनले सोनीसँग विवाह गरे। महेशले यस विवाहको लागि मुस्लिम धर्म स्वीकारेका थिए। महेश हाल मुस्लिम हुन्। सोनी आलिया र शाहीन भट्टकी आमा हुन्। यति मात्र होइन, महेश  आफ्नी छोरीलाई लिएर विवादको शिकार भइसकेका छन्।

महेश भट्टले आफ्नी छोरीको बारेमा भनेका थिए कि पूजा भट्ट उनकी छोरी नभएको भए उनले उनीसँग बिहे गर्ने थिए। यद्यपि यो भनाइ महेशले कुनै गलत अभिप्रायले दिएको थिएन, तर मानिसहरूले उनको भनाइ ठिक लागेन र महेश धेरै आलोचित बने। उनले स्टारडस्ट पत्रिकाका लागि पूजा भट्टसँग किस गर्दै गरेको फोटोशूट पनि गरे जुन धेरै विवादमा रह्यो।

धेरै विवाद भए पनि महेशले त्यसलाई गम्भीर रूपमा लिएनन् । महेश भन्छन्,'सम्बन्धले भावनाहरूको कपडा लगाएको छ, त्यसलाई समाजको आँखाबाट देख्न सकिदैन। म आफ्ना छोरीहरुमा मेरो आमालाई देख्न सक्छु र एक राम्रो साथी पनि।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ