arrow

राकममा शिक्षण अस्पताल खोल्न सरकारसंग कांग्रेस सहमहामन्त्री डा महतको माग 

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
mahat5.jpg

दैलेख । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकारसँग माग गरेका छन् ।

उनले सुदूरपश्चिम र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताएका हुन् । 

बुधबार दैलेखको राकममा नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु सँग भेटघाट गर्दै सहमहामन्त्री महतले सुदूर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल जरुरी रहेको तर्क गरे ।

कर्णाली र सुदुरका जिल्लाका जनताले सिटामोलसम्म खान नपाएर तड्पि रहेको बेला सरकार मुकदर्शक बनेको पनि सहमहामन्त्री महतले आरोप लगाए । 

उनले मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरका रुपमा राकम बजारलाई विकास गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे । सहमहामन्त्री महतले भने ‘हामी सबैतिर विकास गरौं भनिरहेका छौं सरकार भने हाम्रो कुरालाई बेवास्ता गर्दै भ्रष्टाचार लिप्त छ ।’

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकार संस्थागत भ्रष्टाचार चुर्लुम्म  डुबेको सहमहामन्त्री महतको निष्कर्ष थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ