arrow

गुरु नानकले पाँच सय वर्षअघि नेपाल घुमेको सन्दर्भ ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ मा 

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
guru-nanaks.jpg

काठमाडौं । सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्षअघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । 

अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।

लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् ।

करिब पाँच सय बर्षअघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा सबिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए । 

गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने यो पहिलो एेतिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन् ।

लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाडौं लगायतका स्थानमा भ्रमण गरेका थिए ।
 
मल्ल शासनकाल यता करिब पाँच सय बर्षदेखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाडौंसंग स्थापित रहेको नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन् । 

लेखकले पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तर्राष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ