arrow

उद्योग मन्त्री पाण्डेयले पूर्व मन्त्रीहरुलाई सोधे, ‘बजेट कस्तो खालको ल्याऊँ’

भलाकुसारीमा कोइराला देखि बस्नेत सम्म

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
som-pande-m.jpg.jpeg
काठमाडौं । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मुलुकको औद्योगिक विकासलाई तीब्रता दिन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा के कस्ता कार्यक्रमहरु समावेश गर्न उपयुक्त हुन्छ भन्दै पूर्व मन्त्रीहरुसंग छलफल गरेका छन् । 
 
मन्त्री पाण्डेले पूर्वमन्त्रीहरुलाई मन्त्रालयमै डाकेर छलफल गरेका हुन् । छलफल कार्यक्रमा पूर्वमन्त्रीहरुले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास गर्नु पर्ने र यसका लागि मन्त्री पाण्डेले औद्योगिक क्षेत्रहरुको घोषणा लगायतका कामको सुरुवात गरेकामा प्रशंसा गर्दै मुलुकको औद्योगिक विकासमा उद्योग  मन्त्रालयले नै नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा जोड दिए । 
 
कार्यक्रममा पूर्व उद्योग मन्त्रीहरु शंकर कोइराला, केशव बडाल, कर्ण बहादुर थापा र महेश बस्नेत सहभागि थिए । आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता निर्धारणबारे मन्त्री पाण्डेले चरणवद्ध  छलफल अघि बढाएका छन् । सोही क्रममा आइतबार ६ सात जना पूर्व उद्योगमन्त्रीहरुसँग सुझाव मागे ।  छलफलपछी मन्त्री पाण्डेले भने, ‘भूकम्प र नाकाबन्दीपछि नेपालको औद्योगीक क्षेत्र जर्जर बनेको छ, नयाँ बजेट मार्फत त्यसलाई पुनःजागृत गराउनु पर्नेछ, उद्योग मन्त्रालय  सम्हालिसकेका पूर्व मन्त्री ज्यूहरुसँग बजेटको प्राथमिकताका बारेमा छलफल गरेको हुँ ।’ अब बन्ने नयाँ बजेटमा प्राथमिकता दिनु पर्ने कार्यक्रममार्फत औद्योगिक क्षेत्रमा लगानीको वातावरण बनाउने योजना अनुसार पूर्वमन्त्रीहरुसंग छलफल गरेको मन्त्री पाण्डेयले जानकारी दिए ।
 
छलफलमा पूर्वमन्त्रीहरुले प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बनाउने योजनालाई नयाँ बजेट मार्फत उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनीहरुले आफुहरुलाई पनि बोलाएर छलफल गराउने उद्योग मन्त्री पाण्डेको सकारात्मक कदम भएको प्रतिक्रिया दिए । 
 
पूर्वमन्त्रीहरुले कागज, जडिबुटी र सिमेन्ट उद्योगका लागि नयाँ बजेटले विशेष प्राथमिकता दिनु पर्ने, चीनी मिलबाट ऊर्जा उत्पादन गर्ने योजनालाई प्राथमिकता दिनु पर्ने, २५ प्रतिशतसम्म महंगो शुल्क तिर्नु परेपनि सरकारी कार्यालयहरुले स्वदेशी उत्पादन प्रयोग गर्नु पर्ने व्यवस्था अघि बढाउन पनि उद्योग मन्त्री पाण्डेलाई सुझाव दिए । त्यस्तै, मासु प्रशोधन उद्योग सञ्चालन गरेर त्यसको छालाबाट छालाजन्य बस्तु बनाउने अभियानमा पनि बजेटले ध्यान दिनु पर्ने, सरकारी उद्योग तथा संस्थानहरु सञ्चालनका लागि ठोस योजना अघि सार्न समेत सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ