arrow

पोखरा प्रिमियर लिगको दोस्रो संस्करण कार्तिक-मंसिरमा

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
PPL-cricket-pokhara.jpg

काठमाडौं। पोखरा प्रिमियर लिगको दोस्रो संस्करण नोवेम्बर १२ देखी नोवेम्बर २३, २०१९ (कार्तिक २६-मंसिर ७, २०७६) मा पोखरामा आयोजना हुने भएको छ। नेपालमा क्रिकेट प्रतिको लगाव बढेसँगै गत बर्ष पोखरा प्रिमियर लिगको सुरुवात भएको हो।

यसअघि धनगढी प्रिमियर लिग, एवरेष्ट प्रिमियर लिग लगायत बिभिन्न शहरहरुमा टि-२० फरम्याटमा क्रिकेट प्रतियोगिताहरु संचालन भैरहेका छन्। पोखरा प्रिमियर लिगमा ६ टोलीको सहभागिता रहनेछ ।

पोखरा पल्टन, बुटवल ब्लास्टर्स, बिराटनगर टाईटन्स, चितवन राईनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुजको सहभागिता रहनेछ । पहिलो संस्करण पोखरा पल्टनले जितेको थियो।

नेपालका राष्ट्रीय तथा अन्त्राष्ट्रिय खेलाडीहरु लगायत बिदेशी खेलाडीहरुको पनि सहभागिता रहने उक्त प्रतियोगिताले नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२०को प्रवर्द्धनमा सहयोग पुर्‍याउने आयोजकको आकंलन रहेको छ।

पर्यटकीय शहर पोखरामा हुने क्रिकेट प्रतियोगिताले पोखराको पर्यटनमा सहयोग पुग्ने पनि आयोजकको विश्वास रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ