arrow

बाबु अमिताभलाई दादासाहेब फाल्के अवर्ड दिइने भएपछि छोरा छोरीको यस्तो प्रतिक्रिया

फिल्म स्टार र राजनीतिज्ञले दिए अमिताभलाई बधाइ

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
amitab1.jpg

काठमाडौं । हिन्दी चलचित्रहरूमा अभिनय गरेर लाखौंको हृदय जितेका बलिउड सुपरस्टार अमिताभ बच्चनलाई भारतीय सिनेमाको सबैभन्दा ठूलो पुरस्कार दादा साहेब फाल्केले सम्मानित गरिदैछ। केन्द्रीय मन्त्री प्रकाश जावडेकरले अमिताभलाई दिइने पुरस्कार बारेमा ट्विटरमा जानकारी दिएका थिए । सो घोषणापछि, सोशल मीडियामा अमिताभ बच्चनलाई बधाई दिने प्रक्रिया सुरु भएको छ।

दादा साहेब फाल्के पुरस्कारको घोषणापछि, बलिउड स्टारका अलावा धेरै ठूला व्यक्तित्वहरूले उनलाई सोशल मिडिया मार्फत बधाई दिएका छन्। अमिताभ बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनले ट्विटरमा आफ्नो बुबालाई खुशी व्यक्त गर्दै लेखे - धेरै खुशी र गर्व! अर्कोतर्फ, अमिताभ बच्चनकी छोरी श्वेता बच्चनले पनि आफ्नो बुबाको पुरानो तस्वीर इन्स्टाग्राममा शेयर गरिन् र उनलाई दादासाहेब फाल्के पुरस्कारका लागि बधाई दिइन् ।

करण जोहरले आफ्नो ट्वीटमा लेखे, 'भारतीय सिनेमाको सबैभन्दा ठूलो प्रेरक! उहाँ एक साँचो रक स्टार हुनुहुन्छ। म अमिताभ बच्चनको युगको एक भाग हुन पाएकोमा सम्मानित र गौरावन्वित छु।' अभिनेता अनिल कपूरले लेखे, 'भारतीय सिनेमा अमिताभ बच्चन बिना अपूर्ण छ। उहाँले प्रत्येक भूमिकाको साथ सिनेमालाई पुन: परिभाषित गर्नुभएको छ। अनगिन्ती योगदानहरूका लागि उहाँ प्रशंसाको योग्य हुनुहुन्छ।'

प्रसिद्ध गायिका आशा भोसले अमिताभ बच्चनलाई ट्विटरमा यस सफलताको लागि बधाई दिएकी छन् । फिल्म स्टारका अलावा धेरै राजनीतिज्ञ र क्याबिनेट मन्त्रीहरूले पनि अमिताभ बच्चनलाई सोशल मिडिया मार्फत पुरस्कारका लागि बधाई दिएका छन्। यसमा सुरेश प्रभु र कर्नाटकका मुख्यमंत्री बी एस येदियुरप्पा जस्ता ठूला नामहरू पनि सामेल छन्।

मंगलबार केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्वीटरमा लेखेका थिए , "दुई पुस्तासम्म हाम्रो मनोरन्जन गर्ने दिग्गज अमिताभ बच्चनलाई सर्वसम्मतिले दादासाहेब फाल्के पुरस्कारका लागि चयन गरिएको छ। सम्पूर्ण देश र अन्तर्राष्ट्रिय समुदाय यसलाई लिएर खुसी छन्। मेरो तर्फबाट हार्दिक शुभकामना ।'

गत वर्ष विनोद खन्नालाई यो पुरस्कारबाट सम्मानित गरिएको थियो। यो पुरस्कार भारत सरकारले भारतीय चलचित्रमा आजीवन योगदान योगदान पुर्‍याउनेलाई दिने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ