गाडीको साँचो हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री

प्रकाशित मिति : २०७६ असोज ८ बुधबार

धनगढी । प्रदेश प्रहरीका लागि खरीद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई बुधबार हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साललाई ती नयाँ गाडीको साँचो प्रदान गरी हस्तान्तरण गरे ।   

प्रदेश प्रहरी गठन नहुँदै प्रदेश सरकारको गत आर्थिक वर्षको बजेट रु तीन करोड ३२ लाख ९१ हजारमा नयाँ गाडी खरीद गरिएको थियो । हस्तान्तरणको काम अघि नबढाउँदा दुई महीनादेखि मन्त्रालय परिसरमै यी गाडी थन्किएका थिए ।

तत्कालीन प्रदेश प्रहरी गठन हुन नसकेको अवस्थामा हाल सङ्घीय सरकारको प्रहरीलाई गाडी हस्तान्तरण गरिएको मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीले बताए । सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम यी गाडी सङ्घीय सरकारको प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ