arrow

बैंकबाट ९ करोड कर्जा लिएर अपचलन गर्ने फरार खड्का पक्राउ

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
khadka-thag.jpg.jpeg
काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीबाट ९ करोड कर्जा लिई रकम अपचलन गर्ने फरार पुष्करराज खड्का पक्राउ परेका छन् । आइतबार काठमाडौंको बौद्ध, बाहुधाराबाट पक्राउ परेका खड्कालाई प्रहरीले सोमबार कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश परेको छ । 
 
क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीबाट ९ करोड कर्जा लिएर पारिवारिक हाउजिङ्ग डेभलपमेण्ट प्रालि नामक कम्पनी खोलेर रकम अपचलन एवम बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२) (घ) बमोजिमको कसुर गरेको भन्दै पुनरावेदन अदालत, पाटन ललितपुरले २०७१ वैशाख २९ गते  फैसला गरेर ३ वर्ष कैद र ९ करोड विगो असुल गर्न भनेकामा खड्का फरार थिए । काठमाण्डौ, गागलफेदी¬–५ स्थायी घर भएका ४७ वर्षीय खड्का भागेर हिँड्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ