arrow

ऋिण लिएर देव आनन्दले किनेका थिए सुरैयाका लागि हिराको औठी, दुखद अन्त्य भयो एक प्रेम कहानी

logo
प्रकाशित २०७६ असोज ८ बुधबार

काठमाडौं । देव आनन्द एक अभिनेता, निर्देशक, निर्माता, कथाकार, संगीत मर्मज्ञ थिए । साथै सबैभन्दा महत्त्वपूर्ण कुरा उनी समयभन्दा पहिले सोच्न सक्ने क्षमता राख्थे । २६ सेप्टेम्बर देव आनन्दको जन्मोत्सव हो । उनि १९२३, २६ सेप्टेम्बरमा ब्रिटिश शासित पन्जाबमा जन्मिएका थिए ।   नायकको रूपमा देव आनन्दको पहिलो फिल्म १९४६ मा 'हम एक हे' आएको थियो । देव आनन्दको अभिनय शैलीले उनलाई अन्य कलाकारहरूको भीडबाट सँधै अलग राखेको थियो । प्रशंसाका साथै देव आनन्दको आलोचना पनि भएको थियो। उनी माथि केही व्यक्तिले प्रश्न पनि उठाएका थिए। उनीहरुले अब देव आनन्दले काम छोड्नु पर्ने समेत बताएका थिए । देव आनन्दको फिल्म बाहेक, प्रेम जीवन पनि चाखलाग्दो छ ।

बीबीसीको रिपोर्टका अनुसार देवानन्दले सुरैयालाई पहिलो पटक फिल्म 'विद्या' को सेटमा भेटेका थिए । देवानन्दले आफूलाई परिचय दिदै भनेका थिए , 'सबैले मलाई देव भन्छन्। तिमी मलाई कुन नामले बोलाउन चाहन्छौ?' सुरैयाले भनिन्- 'देव'

आनन्दले आफ्नो आत्मकथा रोमान्सिंग लाइफमा लेख्छन्, गीत 'विद्या' सेटमा बजिरहेको थियो, क्यामेरा रोल भनियो । सुरैयाले मलाई पछाडिबाट अँगालो हालिन्। मैले उनको लामोलामो  सास महसुस गरे। मैले उनको हातमा चुम्बन गरे र त्यसपछि उनी तर्फ फर्किएर चुम्बन गरे। ” सुरैयाले उनको हातको पछाडिको भागमा चुम्बन गरिन्। निर्देशकले चिच्याए भने, 'ग्रेट शट' र त्यसपछि दुई बीच प्रेम सम्बन्ध शुरू भयो।

दुबै पहिलो नजरमा प्रेममा परे। फिल्म सेटमा दुबैको नजर एक अर्कामा हुन्थ्यो । दुवैले एक अर्काको प्रेमको नाम पनि राखेका थिए। सुरैयाले आफ्नो मनपर्ने उपन्यासको नायकको रूपमा देव आनन्दलाई 'स्टीव' नाम दिइन्। जबकि देव आनन्दले सुरैयाको नाक अलि लामो लाग्थ्यो, उनले सुरैयाको नाम 'नोसी' नाके राखे।

जब सुरैया र देव आनन्दको प्रेम सम्बन्धको चर्चा सम्पूर्ण फिल्म जगतमा हुन थाल्यो, सूरियाकी हजुरआमाले पनि थाँहा पाइन् । उनले देव आनन्दलाई घर आउनमा प्रतिबन्ध लगाइन् । यद्यपि सुरैयाकी आमा देव आनन्दलाई धेरै मन पराउँथिइन्, तर घरमा सुरैयाकी हजुरआमालाई हुकुम चल्थियो र सुरैया - देव आनन्दको सम्बन्धमा उनको कडा आपत्ति थियो।

उही समयमा, सुरैया आफ्नो हजुरआमाको कुरा सुन्थिन् । सुरैयाको हजुरआमालाई अर्को धर्मको केटासँगको सम्बन्ध सहन थिएन र सुरैयामाथि प्रतिबन्ध लगाउन थालिन्। सुरैयालाई शुटिङ बाहेक देवलाई भेट्न अनुमति दिन छोडियो।

त्यस समयमा जब सुरैया र देव आनन्दको प्रेम सम्बन्ध बढ्दै थियो, देव आनन्दको फिल्म क्यारियर उक्लदै थियो । साथै सुरैया एक स्थापित नाम भइसकेकी थिइन्। देव आनन्दल सुरैयालाई धेरै माया गर्थे । उनको आत्मकथा 'रोमान्सिंग विथ लाइफ' मा भनिएको छ ती दिनहरुमा देव साहेबले सुरैयालाई तीन हजार रुपैयाँ मुल्यको हिराको औंठी दिएका थिए।

स्टारडस्ट पत्रिकालाई दिएको अन्तर्वार्तामा सुरैयाले भनेकी थिईन् - एक दिन सुटिंगको क्रममा मैले देवले दिएको औंठी लगाएको थिए, तर हजुरआमालाई यसको बारेमा थाहा भयो। उहाँले जबरजस्ती त्यो औठी मेरो हातबाट निकाल्नुभयो। मलाई थाहा थियो कि साथीहरूसँग ऋिण  लिएर देवले मेरो लागि त्यो बहुमूल्य औंठी किन्नुभएको थियो । त्यो रात म धेरै रोएँ।

सुरैया र देवलाई एक हुन नदिने सुरैयाकी हजुरआमाले निर्णय गरेकी थिइन । अन्तिममा त्यहि भयो। देव आनन्दलेपछि कल्पना कार्तिकसँग विवाह गरे तर सुरैया जीवनभर अविवाहित रहिन्। त्यस समयमा, सुरैयाले देव आनन्दसँग विवाह गर्ने हिम्मत गर्न सकिनन् तर देवका लागि सधैं  अविवाहित नै रहिन् । ३१ जनवारी २००४ मा ७४ बर्षको उमेरमा सुरैयाको निधन भयो । सो समय सबैले देव आनन्द उनलाई अन्तिम विदाई दिन आउने अपेक्षा गरेका थिए तर उनी आएनन् । साथै देव आनन्दको ८८ बर्यको उमेरमा ३ डिसेम्बर २०११ मा निधन भयो ।  यसरी एक प्रेम कहानीको दुखद अन्त्य भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ