arrow

त्रिकोणात्मक टी–२० क्रिकेट खेल्न सिंगापुर उड्यो नेपाल 

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
nepali-cricket-team-t-20.jpg

काठमाडौं । तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम  सिंगापुर गएको छ । टोली बुधबार राति १०ः१५ बजे सिंगापुर उडेको हो । 

यसअघि टोलीलाई बुधबार साँझ राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवालले विदाई गरे । उनले खेलाडीलाई नतिजा निकाल्ने गरी प्रदर्शन गर्न सुझाब दिए । 

सिंगापुर क्रिकेटको आयोजनामा हुने सिरिज शुक्रबारबाट सुरु हुँदैछ । सिरिजमा नेपाल, सिंगापुर र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेलमा शुक्रबार जिम्वाबेसँग खेल्नेछ । दोस्रो खेलमा शनिबार सिंगापुरसंग खेल्न्ेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।

शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । टोली पारस खड्काको कप्तानीमा सिंगापुर गएको हो । यसै प्रतियोगिताका लागि भन्दै सीपीएल क्रिकेट छाडेर सन्दीप लामिछाने सिंगापुर आइपुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ