arrow

सलमान खानको बिग बोसको यस्तो छ तालिका

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
salman1.JPG

काठमाडौं । बलिउड दबंग स्टार सलमान खानको विवादित रियालिटी शो ‘बिग बोस’ को १३ औं सिजन सेप्टेम्बर २९ तारिख आगामी आइतबारदेखि सुरु हुँदैछ । 

यसको फिनालेलाई लिएर चर्चासमेत भइरहेको छ । एक हप्ता पहिले शोको पहिलो प्रोमो जारी गरिएको थियो । जसमा सलमान खानले लुकमा खिचडी बनाइरहेको देखाइएको थियो । 

प्रोमोमा उनले चार हप्तामा शो सकिने बताएका भए पनि तीन महिना भन्दा बढी समय यो शो चल्नेछ । 

भारतीय संचारमाध्यमहरुका अनुसार प्रिमियर एपिसोडको चार हप्तापछि शो मा एक मोड आउने छ । यो शो को समापन हुने छैन । यो सिजन १०५ दिनमा आएर सकिने छ । 

निर्माताले फिनाले एपिसोडका लागि जनवरी ४ तारिख २०२० को मिति पनि तय गरिसकेका छन् । 

यसमा यसअघिका भन्दा धेरै रोचक र ट्विस्टहरु देखाइने सलमानले बताएका छन् । 
यस्तो छ बिग बोसको प्रोमो – 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ