arrow

देश विकासबाट कोही पनि अतालिनु पर्दैन  – मन्त्री बस्नेत

logo
राजेन्द्र न्यौपाने, 
प्रकाशित २०७६ असोज ९ बिहिबार
ramsharan-basnet-gandaki-pradesh.jpg

गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतले देश विकासबाट कोही पनि अतालिनु नपर्ने बताएका छन् । 

कम्युनिष्ट सरकारका योजनालाई खिसीटिउरी गर्नेहरु देश समृद्ध र जनता सुखी भएको हेर्न नचाहेको उनले बताए । 

पाइपलाईनबाट तेल, विजुलीबाट बस चल्न थालेपछि साच्चै कम्युनिष्टहरुले काम गर्दा रहेछन भनेर परिवर्तन विरोधीहरु आत्तिएको उनको भनाई छ । गोरखामा आयोजित सस्तो व्यापार मेला सस्तो व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । 

उनले मुलकको आर्थिक भौतिक तथा सामाजिक विकासका लागि गोरखाबाट नै एकतो थालनी गर्नुपर्नेमा जोड दिएका छन् । ‘पृथ्वीनारायण शाहले एकता कायम गरि गोरखाबाट नेपाल एकिकरणको शुरुवात गरे, त्यसरी नै  गोरखालीहरुबाट सिंगो देशको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको छ ।’ उनले भने ।   

मन्त्री बस्नेतले उपभोक्ताको दृष्टिमा हेर्दा दशै सस्तो बजार मेला सकारात्मक भएको भन्दै यसले उपभोक्ता र व्यापारीहरु वीचको खाडल पुर्न मद्दत गर्ने दावी गरे । 

‘छिटो विकास  होस भन्ने चाहाना सवैको रहेको हुन्छ, ‘संघियता पछि जनतो ठूलो आशा र अपेक्षा गरिरहेका छन्, तर गाई जन्मने बित्तिकै बाच्छाले दूध खान दौडन सक्ने जस्तो गरी विकास सम्भव हुदैन ।’ उनले भने । 

उनले संघियतापछि विकासले बिस्तारै गति लिएको भन्दै केही कानुनी प्रक्रिया र जटिलताका कारण पनि कतिपय विकास निर्माणका काम सोचे अनुसार अघि बढ्न नसकेको बताए । एक बर्ष भित्रमा गोरखाको नारेश्वर– निबेल सडकखण्ड, खाब्दी घैरुङ सडक खण्ड,  बाह्रकिलो चोरकाटे सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने गरि काम अघि बढेको उनले बताए । 

सरकारको खिल्ल्डी उडाउने र भ्रम छर्ने काममात्र बढि भएको प्रति कटाक्ष गर्दै गाउँपालिका , नगरपालिका प्रमुखले प्रदेश सरकारले बनाएको योजना नदेख्नु अचम्म भएको बताए । 

इमेल इन्टरनेट, वेभसाइटको जमानामा हाम्रा जनप्रतिनिधिहरुहरु कहाँ छन भन्दै प्रतिप्रश्न समेत गरे । योजनाबारे सबैलाई सम्बोधन गरेर पत्र पठाउन नसकिएको तर मन्त्रालयको वेवसाइटमा सबै रहेको उनले बताए । 

प्रदेश सरकारले प्रदेश भित्रका ३६ ओटै निर्वाचन क्षेत्रमा एउटा–एउटा मुख्य सडक निर्माणको गर्ने, सबै गाउँपालिकाको केन्द्रमा पक्की सडकबाटो पु¥याउने गरि काम अघि बढाएको समेत उनले बताए  ।  

असोज १७ गते सम्म चल्ने मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । चेम्बर अफ कमर्शृ गोरखाको आयोजनामा खेलकुद मैदान हरमटारीमा मेला आयोजना गरिएको हो । मेलामा गण्डकी प्रदेशका कृषि मन्त्री लेख बहादुर थापा,सभासद हरीशरण आचार्य, चेम्बरका उपाध्यक्ष दिपक मलहोत्रा, चेम्बर अफ कमर्श पोखराका अध्यक्ष गीता तिवारी, जिल्ला समन्वय उपप्रमुख जानुका अधिकारी,नेकपा गोरखाका सचिव प्रेम गुरुङ गोरखा, संघीय समाजवादी फोरमका गोरखा अध्यक्ष नारायण खत्री, नगरपालिका उपप्रमुख विना श्रेष्ठ, आदिवासी जनजाति महासँघ गोरखाका अध्यक्ष विष्णु रानामगर, अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङ, गोरखा नगरपालिका वडा नं. २ का अध्यक्ष रहमतुल्ला मिया लगायतले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए । 

    उपभोक्ताको सन्तुष्टी र उपभोग्य वस्तुको बजार, गोरखा चेम्बरको दशैँ सस्तो बजार मेलाको अधार भन्ने मुल नारा सहित सुरु भएको मेलाको अध्यक्ष चेम्बरका अध्यक्ष भाईकाजी श्रेष्ठ र कार्यक्रमको सञ्चालन सचिव रामश्वरुप श्रेष्ठले गरेका थिए । मेला सुरु हुनु अघि बाजा सहित विभिन्न समुदायबाट आएका फरक फरक कला संस्कृति सहित झाँकीहरुको र्यालीले बजार परिक्रमा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ