arrow

विराट र सचिनभन्दा धोनी लोकप्रिय, मोदी पहिलो स्थानमा

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
ms-dhoni-modi1.jpg

काठमाडौं । लोकप्रियताका आधारमा महेन्द्र सिंह धोनी, विराट कोहली र सचिन तेन्दुलकर भन्दा अगाडि छन। सर्वेक्षण एजेन्सी यु गबले पुरुष र महिलाका लागि दुई फरक श्रेणिमा ४१ देशका ४२ हजार मानिसहरुमा एक सर्वेक्षण गरेको थियो। जसमा प्रधानमन्त्री नरेन्द्र मोदी पुरुष सूचीको शीर्ष स्थानमा छन्। महिलाहरुका मेरीकोम शीर्षमा छिन्।

सर्वेक्षणमा प्रधानमन्त्री मोदीले १५.६ प्रतिशत, बक्सर मेरी कोमले १०.३६ प्रतिशत अंक प्राप्त गरेकि छन्। त्यस्तै महेन्द्र सिंह धोनीले ८..८ प्रतिशत अंक प्राप्त गरि दोस्रो स्थानमा छन्। पुरुषको सूचीमा रतन टाटा तेस्रो स्थानमा छन् भने बराक ओबामा चौथो स्थानमा छन्।

बिल गेट्स पाँचौं र अमिताभ बच्चन छैठौं स्थानमा छन्। सचिन तेन्डुलकर सातौं र विराट कोहली आठौं स्थानमा छन्। त्यस्तै शाहरुख खान नवौ स्थानमा र जेकी चेन दशौ मा छन् ।  

महिलाको सूचीमा किरण बेदी मेरी कोमको पछि दोस्रो स्थानमा छिन् भने लता मंगेशकर तेस्रो स्थानमा छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ