arrow

चन्द्रयान २ बारे यस्तो आयो नासाको रिपोर्ट

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
chandrayan-2.jpeg

काठमाडौं । भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ का बारेमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो रिर्पोट पेश गरेको छ । 

रिपोर्ट अनुसार चन्द्रमाको सतहमा विक्रम ल्यान्डरको हार्ड ल्यान्डिङ भएको स्पष्ट पारिएको छ । जहाँ विक्रम ल्यान्डिङ हुनु थियो त्यहाँ ल्यान्डिङ हुन सकेन । 

सहज ल्यान्डिङ हुनुको सट्टा गति नियन्त्रण गर्न नसक्दा खस्न पुगेको निष्कर्ष नासाको हो । नासाले ल्यान्डिङ हुनुपर्ने स्थानको तस्वीरसमेत सार्वजनिक गरेको छ । 

वैज्ञानिकहरुका अनुसार चन्द्रमामा रात परेका कारण त्यहाँको सतह बढी जसो छायाँमात्र देखिइरहेको छ । विक्रम ल्यान्डर कुनै छायाँमा लुकेको हुन सक्ने अनुमान पनि गरिएको छ । 

नासाले अक्टुबरमा दक्षिणी धु्रबबाट अँधेरो हटेपछि एक पटक क्यामेरबाट विक्रमको लोकेशन जान्ने प्रयास गर्ने पनि जनाइएको छ । 

नासाले चन्द्रयान २ को असफलताप्रति ट्वीट गरेर हौसला प्रदान गरेको थियो । गत सेप्टेम्बर ७ मा विक्रम ल्यान्डरसंगको सम्पर्क टुटेको थियो । चन्द्रमाको दक्षिणी धुव्रमा पुग्नुभन्दा केवल २.१ किलोमिटर पहिले सम्पर्क टुटेको थियो । 

यो मिसन जुलाई २२ मा सुरु भएको थियो । भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले भने चन्द्रया २ को आर्बिटरले भने काम गरिरहेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ