arrow

सव अटो रिक्सा चालकहरुसंग सहकार्य गरि पर्यटन दिवस

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज १० शुक्रबार
auto.jpg

जनकपुरधाम । विश्व पर्यटन दिवसको अवसरमा धार्मिक सांस्कृतिक नगरी जनकपुरधाममा स्वच्छताको सन्देश प्रवाह गर्दै स्वच्छता अभियन्ताहरुले सव अटो रिक्सा चालकहरुसंग सहकार्य गरि पर्यटन दिवस मनाएका छन् ।

 शुक्रबार देवभुमि जनकपुरधामको सांस्कृतिक पौराणिक र धार्मिक महोत्व तथा प्लास्टिक पोलिथिनबाट क्षति ,स्वच्छता विषयमा जानकारी गराउदै चालकहरुलाइ स्वच्छता सन्देश अंकित बोर्ड ,टी सर्ट र कपडाका झोला हस्तान्तरण गरिएको छ ।

प्रदेश नम्बर दुईका नीति आयोगका उपाध्यक्ष प्रा डाक्टर भोगेन्द्र झाको प्रमुख आतिथ्य र बिष्टअतिथि समाजवादी पार्टी संसदीय दलका उप नेता रामअशिस यादव, सेभ हिस्टोरिकल जनकपुरधामका कार्वाहक अध्यक्ष अमरचन्द्र अनिलको अध्यक्षतामा सम्पन्न भएको हो ।

 कार्यक्रममा प्रदेशका सुरक्षा सल्लाहकार विजयलाल कायस्थ , प्रहरी बरिष्ठ उपरीक्षक किसोर दहाल, युएनडीपी प्रदेशका संयोजक अर्जुनकुमार कुशबाहा, जिल्ला ट्रफिक प्रमुख परशुराम ठाकुर , जनकपुरधाम उपमहानगरपालिका वाड नम्बर १ का वडा अध्यक्ष शत्रुधन साह,स्वच्छता अभियानी रवि गोयन्का,अमित झा, प्लास्टिक पोलिथिन मुक्त अभियानी कृष्ण चन्द्र साह सहितको वक्ताहरु पर्यटनको महोत्व र स्वच्छता विषयमा विचार व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ