arrow

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
nepal-t-20-singapore.jpg

काठमाडौं । सिंगापुरमा सुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेटको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ । शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ३३ रनको लक्ष्य जिम्बावेले १८.१ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो । ६४ रन जोड्दा ५ विकेट गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान रायन बर्लले नटआउट ४१ तथा रिचमुण्ड मुतुम्बामीले नटआउट ४० रन बनाए । 

सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै ४ ओभरमा १५ रनमात्र खर्चेर ३ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । 

कप्तान पारस खड्काले एक विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको नोक्सानीमा १३२ रन बनाएको थियो । उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ४० रन बनाए भने सोमपाल कामीले १४ बलमा नटआउट २५ रन बनाए । 

ईशान पाण्डे र कुशल मल्लले राष्ट्रिय टिममा डेब्यु गर्दै क्रमशः ४ र २ रनमा आउट भए । 

सिरिज अन्तर्गत नेपालले दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ