arrow

चिकित्सक, औषधि र कर्मचारी नभएपछि बन्द हुँदै कलैया अस्पताल

logo
मुकेश यादव, 
प्रकाशित २०७६ असोज ११ शनिबार
kalaiya-hospital.jpg

बारा । चिकित्सक र औषधीको अभावमा बाराको कलैयास्थित जिल्ला अस्पतालको बहिरंग सेवा बन्द हुने अवस्थामा पुगेको छ । कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रेमचन्द्र चौरसिया सहितको कर्मचारीहरुले पत्रकार सम्मेलन गरि असोज १३ गते सोमबारदेखि अस्पतालको बहिरंग  सेवा बन्द गर्ने जानकारी  गराएका हुन् । 

५० शैय्याको अस्पतालमा छवजना विशेषज्ञ सहित १६ जना चिकित्सकको दरबन्दी रहेकोमा अहिले करार र अस्थायी गरि आठ जना चिकित्सक मात्र कार्यरत रहेको मेसु चौरसियाले जानकारी गराए । 

जिल्ला अस्पतालमा एकजना पनि स्थायी दरबन्दीका चिकित्सक छैनन् । ६० जना कर्मचारीको दरबन्दी रहेकोे कलैया अस्पतालमा अहिले १७ जना कर्मचारी मात्रै कार्यरत रहेको चौरसियाले जानकारी गराए ।

अस्पतालमा दैनिक आवश्यक पर्ने औषधीको समेत अभाव हुन थालेको निमित मेसु चौरसियाले जानकारी गराए । 

कर्मचारी र औषधि अभाव बारेमा प्रदेश सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय सांसदहरूलाई जानकारी गराउँदा समेत समस्या समाधान नभएको गुनासो मेसु चौरसियाले गराए ।

आर्थिक कारोबारको अधिकार निमित्त मेसुलाई नदिंदा कर्मचारीहरुले तीन महिनादेखि तलब समेत नपाएको गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ