काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको शतप्रतिशत नतिजा सातौं चरणको खेलसम्म आइपुग्दा कायम छ ।
शनिबार रातिको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई उसकै भुमिमा पराजित गर्यो । ७० औं मिनेटमा जर्जियो विज्नाल्डमले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
अंक तालिका
अंक तालिकामा शतप्रतिशत नतिजा सहित ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा छ ।
म्यान्चेस्टर सिटी १६ अंकबाट दोस्रो, वेष्टह्याम १२ अंकबाट तेस्रो स्थानमा छ ।
टोटनह्याम, लेस्टर, चेल्सी, बर्नमाउथ, आर्सनल र क्रिस्टलको समान ११ अंक छ ।