arrow

महिमा चौधरीले किन गरिन् अचानक विवाह ?

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
mahima.jpg

काठमाडौं । बलिउडमा थोरै समयमा चर्चा पाउने अभिनेत्रीको नाममा महिमा चौधरीको नाम आउछ । जो पहिलो फिल्मबाटै राता रात सफल भइन् ।

सन् २००६ मा, महिमा चौधरीको विवाहको अचानक खबर आयो। सो समय गर्भावस्थाको कारण, महिमाले हतारमा विवाह गरिन् भन्ने हल्ला चलेको थियो । उनले आर्किटेक्ट र व्यापारी बोबी मुखर्जीसँग विवाह गरिन्। दुबैकी छोरीकी एरियाना छन् । महिमा र बबीको विवाह लामो समयसम्म टिकेन ।  २०१३ देखि उनी आफ्नो पतिबाट अलग बस्न थालिन्।

१३ सेप्टेम्बर १९७३ का दार्जिलिंगमा जन्मेकी महिमा चौधरीको वास्तविक नाम रितु चौधरी हो। सन् १९९७ मा रिलीज भएको फिल्म 'परदेश' बाट महिमाले बलिउड डेब्यू गरिन। फिल्ममा उनिसँग शाहरुख खान थिए। फिल्म अघि महिमाले आमिर खानसँग कोला ब्रान्डको विज्ञापनमा काम गरेकी थिइन् जसको चर्चा व्यापक भएको थियो ।  'परदेश' बक्स अफिसमा सुपर हिट भयो तर उनको क्यारियर भने निश्चित उचाइमा पुग्न सकेन।

महिमा चौधरी अफयरको बारेमा पनि धेरै चर्चा हुने गरेको छ । महिमाको नाम भारतीय टेनिस खेलाडी लिएन्डर पेससँग जोडिएको थियो । उनी पेससँग करीव ५  बर्ष सम्बन्धमा थिइन तर यो सम्बन्ध अगाडि बढ्न सकेन र दुवै छुट्टिए।

लिएन्डरसँग छुटिएपछि उनले एक अन्तर्वार्तामा अनौठो खुलासा गरेकी थिइन् उनले लिएन्डर पेस मानिस नभएको बताएकी थिइन् । 'उनि एक राम्रो टेनिस खेलाडी हुन सक्छन् तर उनि  एक असल मानव थिएनन् । उनले मलाई धोका दिए ।'

२००५ मा, लिएन्डर र महिमा एक अर्को डेट गर्दै थिए। यसैबीच, संजय दत्तको दोस्रो पत्नी रिया पिल्लईसँग लिएन्डरको घनिष्ठता बढ्दै थियो। महिमासँग ब्रेकअपपछि लिएन्डरले रियासँग विवाह गरे । पछि उनीहरूको पनि सम्बन्ध विच्छेद भयो।

चलचित्र छोडेपछि महिमा चौधरीले रियलिटी टिभी कार्यक्रम गर्न थालिन्। एक अन्तर्वार्तामा, उनले यसलाई आफ्नो करियरको अन्त्य भएको बताइन् । महिमाले भनिन्,'एक्लो आमा भएको कारण फिल्ममा काम गर्न धेरै गाह्रो भयो।' उनी पैसा कमाउन कार्यक्रमहरूमा जान थालिन्। रियलिटी टिभीमा पनि कार्यक्रमहरू गर्न थालिन्। जसको कारण उनको फिल्म क्यारियर समाप्त भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ