arrow

सजियो राजा जनकको कुलदेवताको मन्दिर

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज १२ आइतबार
raja-janak.JPG

जनकपुर । नेपालीहरुको महान चाड विजयादशमी आइतबारदेखि सुरु भएको छ । प्रत्येक बर्षझै यस वर्षपनि जनकपुरमा विजयादशमीको अवसर पारेर स्थानीय युवा क्लबहरुले दशैंलाई भव्य बनाएका छन ।

राजा जनकका कुलदेवता भनिएको जनकपुरको राजदेवी मन्दिरमा भव्य सरसजावट गरिएको छ, भने मुख्य द्वारलाई आकर्षक पंडालले सजाइएको छ । प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गरिएको छ ।

राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको हो । राजा जनकका कुलदेवता प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र झिलमिली बल, फुल र आकर्षक सर सजावट गरिएको हो ।

भजन किर्तन, झांकी, पण्डाल, बत्तीलगायत पूजा व्यवस्थापन गर्न मात्र ३० लाखभन्दा बढी खर्च हुने महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । महावीर युवा कमिटीले यस वर्ष स्थानीय प्रशाशनको सहयोगमा झन्डै ४ सय भन्दा बढ़ि स्वयं सेवक परिचालन गर्ने जनाएको छ  ।

खासगरी अष्ठमीको बोकाबलीका दिन विशेष भिड भाड हुने भएकोले त्यस दिन राजदेवी मंदिरमा थप स्वयं सेवक परिचालन गरिने अध्यक्ष साहले बताए।

यस वर्ष संयुक्त युवा कमिटीहरुले पंचमीका दिन शुभकामना र्याली समेत निकाल्ने हो । विजया दश्मीमा प्रत्येक वर्ष झै यस वर्ष पनि रावण वधको कार्यक्रम हुने महावीरका अध्यक्ष साहले  भने, ‘यसका अतिरिक्त हामीले धनुष सागर पोखरिमा पानी भित्र नै कृतिम लंका बनाएर लंका दहन कार्यक्रम राखेका छौं।

यसैगरी स्थानीय रामानन्द युवा क्लब हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी स्थानीय रामनानद चौकमा भव्य पंडाल निर्माण ग़री विशेष दुर्गा पूजामा जुटेका छन ।

घटस्थापनादेखि सुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन साहले दशैंलाई भव्य बनाउन नियमित पूजाका साथै भजन संध्या लगायतको कार्यक्रम गरिने जानकारी दिएका हुन् ।  पूजा सम्पन्न गर्न अनुमानित १५ लाख खर्च लाग्ने बताउँदै साहले टोल छिमेक, नगरवासीको सहयोगले २० वर्षदेखि पूजा सम्पन्न हुँदै आएको बताए।

अहिले जनकपुरमा विद्यापति चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, दुर्गा चौक, रजौल लगायतको क्षेत्रमा समेत दुर्गाको प्रतिमा बनाएर भव्य पूजा पाठको आयोजन गरीयको छ । निरन्तर दुइ दिन भई रहेको वर्षाले सर सजावट थोरै प्रभावित पारे पनि पूजा पाठ गर्न भने भक्तजनहरुमा कमी न आएको राम युवा कमिटीका महासचिव सरोज साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ