arrow

आगलागी पीडित परिवारलाई राहत

logo
गणेश खनाल,
प्रकाशित २०७२ चैत २३ मंगलबार
hamrakura-news-rukum.jpg.jpeg
रुकुम । आगलागीका कारण घरवास विहिन भएका रुकुम खारा -९ का सम्झना केसीको  परिवारलाई  रुकुमेली समाज विकास केन्द्र रुकुमले ३४ हजार ८ सय रुपैँया राहत स्वरुप प्रदान गरेको छ । चैत्र १५ आगलागीबाट घरका राखिएका  नगद, खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा लगायतका सामग्रीहरु जलेरको परिवारलाई विभिन्न साझेदार संस्थाको सहयोग राहद वितरण भएको हो ।   
 
आगलागीबाट केसीको घर, खाद्यान्न लगायत गरी ५ लाख बरावरको धनसम्पती जलेपछी संस्थाको सक्रियतामा विभिन्न साझेदार संस्थाको सहकार्यमा पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नर बहादुर नेपाली बताए । 
राहत रकम हस्तान्तरण कार्यक्रम बोल्दै अध्यक्ष नेपालीले पीडितलाई राहतका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
 
रुकुममेली समाज विकास केन्द्रले  हाल जिल्लाका सबै गाविसहरुमा विभिन्न कार्यक्रम गरेर समाज परिवर्तन सहयोग गरिरहेको छ । जिल्ला स्वास्थ्य, शिक्षा सरसफाइ, बालविवाह, विपत पोषण युवा स्वरोजगार जस्ता क्षेत्रबाट समाज परिर्वतनमा महत्पूर्ण कार्य गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ