arrow

चैत २७ बाट राजधानीमा विद्यालयस्तरीय अन्तर्राष्ट्रिय क्रिकेट हुने

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
Cricket.jpg.jpeg
काठमाडौँ। विद्यालय स्तरबाटै क्रिकेटको विकास गर्ने उद्देश्यले ‘डिएभी इन्टरनेसनल फ्राटर्निटी एन्ड युनिटी स्कुल क्रिकेट लिग’ प्रतियोगिता यही चैत २७ गतेदेखि राजधानीमा हुने भएको छ।
 
आगामी वैशाख २ गतेसम्म ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदान तथा भक्तपुरस्थित सल्लाधारीको मैदानमा चल्ने प्रतियोगितामा नेपालका नौ र भारतका तीन विद्यालयका टोलीले भाग लिने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
 
नेपालका तर्फबाट मोफसलका तीन टोलीले समेत सहभागिता जनाउने भएका छन्। बाह्र टोलीलाई चार समूहमा विभाजित गरिएको छ, जसअन्तर्गत समूह ‘ए’मा डिएभी सुशील केडिया विश्व भारती, ललितपुर, आर्यन इन्टरनेसनल स्कुल वाराणसी, भारत र राजन मेमोरियल इन्टरनेसनल स्कुल, काठमाडौँ तथा समूह ‘बी’ मा सैनिक आवासीय महाविद्यालय, भक्तपुर, केन्द्रीय विद्यालय, काठमाडौँ र सिटी मन्टेश्वरी स्कुल, लखनउ, भारत छन्।
 
त्यस्तै, समूह ‘सी’मा न्यु होराइजन स्कुल बुटबल, लिटिल फ्यालावर स्कुल, धनगढी र बालभवन इन्टरनेसनल स्कुल, नयाँ दिल्ली, भारत छन्। त्यसैगरी, समूह ‘डी’मा नेपाल पुलिस हाइयर सेकेन्डरी बोर्डिङ स्कुल, साँगा, भक्तपुर, सनराइज स्कुल, चितवन र पारागन पब्लिक स्कुल, काठमाडौँ छन्।
 
युवा क्रिकेटरका लागि अवसरको रुपमा लिइएको र नेपाल क्रिकेट सङ्घ (क्यान)सँगको सहकार्यमा ‘डिएभी स्कुल’को आयोजनामा हुन लागेको प्रतियोगितालाई विस्तारै दक्षिण एसियाभर फैलाउने आयोजकको भनाइ छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ