arrow

फिदिममा राष्ट्रिय स्तरको प्रतियोगिता हुने खेलमैदानको पर्खाल भत्कियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असोज १४ मंगलबार
wall.JPG

पाँचथर । राष्ट्रिय स्तरको प्रतियोगिता हुने पाँचथरको सदरमुकाम फिदिममा अवस्थित  फिदिम माविको खेलमैदानको पर्खाल भत्किएको छ ।  फिदिम स्पोटिङ क्लवले तत्कालिन जिविस पाँचथर लगायत विभिन्न संघ संस्था बाट जुटाएर बनाएको उक्त पर्खाल भत्किएको हो ।

कमजोर वाल,पर्खाल माथिको पिलरको वढि चाप,र निरन्तरको वर्षादका कारण भत्किएको हुन सक्ने जिल्ला फुटवल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले बताए। यसअघि गत साउन ५ गते भत्किएको पर्खाल पनि अहिले सम्म निर्माण हुन सकेको छैन् ।

 अव दशैँपछि लगत्तै डिपीआर गर्ने र विनियोजित संघिय सरकारको १ करोडको लगानीमा पिलर लगाएर पर्खाल निर्माण गरिने अध्यक्ष नेम्बाङले बताए। अहिले यहिँ खेलमैदानमा फाल्गुनन्द तथा पाँचथर गोल्डकप लगायत राष्ट्रिय स्तरका प्रतियोगिता हुने गर्दछ ।

यसअघि प्रदेश सरकारको ५० लाखको लगानीमा खेलमैदानमा दुवो लगाउने,माथिल्लो पट्टि प्याराफिट निर्माण र शौचालय मर्मत सम्भार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ