arrow

सन्दीप र सोमपालको विकेटले पनि जितेन नेपालले जिम्बावेलाई

logo
प्रकाशित २०७६ असोज १४ मंगलबार
nepal-t-20-singapore2.jpg

काठमाडौं । सिंगापुरमा भइरहेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल जिम्बावेसंग फेरि पराजित भएको छ । पहिलो खेलमा ५ विकेटको पराजित भएको नेपाल दोस्रो खेलमा मंगलबार ४० रनले पराजित भयो । 

ईन्डियन एसोसियसन मैदानमा जिम्बावेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको नोक्सानीमा १२० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३, आरिफ शेखले २५ र करण केसीले १८ रन जोडे । जिम्बावेका सेन विलियम्सले ३ तथा टिनोटेण्डा मुटोमबोड्जीले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेटको नोक्सानीमा १६० रन बनाएको थियो ।

कप्तान सेन विलियम्सले ३५ बलमा ४ चौका र ३ छक्काको मद्धतले ५३ रन बनाए । 

सन्दीप लामिछाने र सोमपाल कामीले सुरुवातमै विकेट लिदै जिम्बावेलाई दबाबमा राखे जिम्बावे अगाडि बढ्यो । सन्दीप र सोमपालले समान २–२ विकेट लिए । पारस खड्काले १ विकेट लिए ।

यो जितसँगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ । 

३ खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । नेपालले सिंगापुरसँग बुधबार अन्तिम खेल खेल्नेछ । यस्तै जिम्बावेले अन्तिम खेलमा बिहीबार सिंगापुरको सामना गर्नेछ ।

शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ