arrow

च्याम्पियन्स लिग क्वार्टरफाइनल : दुई स्पेनिश महारथी बार्सिलोना तथा एथ्लेटिको आमने-सामने

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
Two-maharathi-Sport.jpg.jpeg
एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल चरण सुरु हुँदैछ । क्वार्टरफाइनलको पहिलो खेलको आफ्नो पहिलो लेगमा दुई स्पेनिश महारथी बार्सिलोना तथा एथ्लेलेटिको मड्रिड भिड्दै छन्  । बार्साको घरेलु मैदान नउ क्याम्पमा हुने पहिलो लेगको खेल निकै रोमाञ्चक हुने छ । 
 
खेल राति साढे १२ पछि हुने छ । दुई स्पेनिस क्लबको यो भिडन्तले सेमिफाइनल जाने हस्तीको बाटो तय हुनेछ । यस्तै, सोही समयमा अर्को खेलमा जर्मन क्लव बायर्न म्यूनिख र पोचुगिज क्लब बेनिफिका भिड्दै छन् । बायर्नको घरेलु मैदानमा हुने खेलमा यी दुईबीच समेत रोचक भिडन्त हुने अनुमान छ । 
 
ला लिगामा बार्सिलोना शनिबार घरलु मैदान नउ क्याम्पमै रियाल मड्रिडसंग नराम्ररी पराजित हुन पुगेको थियो । तर, यद्यपि, सो हारले यो खेलमा कुनै प्रभाव नपर्ने बार्सिलोनाको खेलाडी जेरार्ड पीकुके ले बताएका छन् । स्पेनिश लिग ला लिगाको उपाधिको होडमा रहेका यी दुई टोलीमा बार्सिलोना ७६ अंक जोड्दै शिर्ष स्थानमा छ, भने एथ्लेटिको मड्रिड समान खेलबाट ७० अंक जोडेर बार्सालाई पछ्याइरहेको छ । एथ्लेटिको भन्दा एक अंक कम रहेको रियाल माथि उक्लन खोजिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ