arrow

महरा प्रकरणलाई सामसुम बनाउने खेल नगर्न गगन थापाको चेतावनी

लोकतान्त्रिक आन्दोलनमा सम्पादक शिवाकोटीको योगदान सम्झिए गगनले

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
gagan-thapa-2019.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले महरा प्रकरणमा कुनै तजविज नराखि अविलम्व कानुन वमोजिम छानविन प्रक्रिया अघी बढाउन माग गरेका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा थापाले महरा प्रकरणलाई सामसुम बनाउने खेल भएको आशंका व्यक्त गर्दै त्यस्तो नसोच्न सचेत समेत गराएका छन्। 

थापाले महरा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै सरकारलाई लाचारी नदेखाउन समेत भनेका छन्। उनले सरकारको लाचारीकै कारण लोकतन्त्रको सुन्दर चित्रमा कालो धब्बा लाग्न नदिने समेत बताएका छन्। 

उनले लेखेका छन्, ' प्रधानमन्त्रीज्यू,महरा प्रकरणमा कुनै तजविज नराखी अविलम्ब कानून बमोजिम छानवीन प्रक्रिया अगाडि वढाइयोस्। कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन। यो प्रकरण सामसुम बनाउन सकिन्छ भन्ने नठान्नुहोला। सरकारको लाचारीकै कारण लोकतन्त्रको सुन्दर चित्रमा कालो धब्बा लाग्न दिने छैनौं।'

थापाले महरा प्रकरणमै जोडिएका हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षाको विषयमा समेत ट्वीट गरेका छन्। उनले न्यायका निम्ति आवाज उठाउने असंख्य नेपालीको उर्जाले मनोवल अझ उच्च वनाएर काम गर्न पनि भनेका छन्।

थापाले भनेका छन्, ' शाहीसत्ता विरुध्दको आन्दोलनमा यस्ता धम्कीको सामना पटकपटक गरेकै हो, मनोवल उच्च बनाउनुहोस् । हिजो निरंकुशता र हिंसाको निशानामा त नडगेको त्यो कलम आज सत्ताको आडमा कसैले कमजोर बनाउन सक्दैन। न्यायका निम्ति आवाज उठाउने असंख्य नेपालीको उर्जाले तपाईंलाई अझै मजवुत बनाएको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ