arrow

प्रहरीलाई शान्ति सुरक्षामा सघाउन साइकल उपलब्ध

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
police-cycle.jpg

काठमाडौँ । शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याउने उद्देश्यले सिएमजी क्लबले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौँलाई १० थान साइकल उपलब्ध गराएको छ ।     
     
 ट्राफिक लाइट र साइरन जडित साइकल उक्त क्लबका प्रतिनिधि महेशबहादुर मल्लले परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई हस्तान्तरण गरे । 
     
 कार्यक्रममा परिसरका प्रमुख सुवेदीले साइकलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

सोही अभियानअन्तर्गत विजया दशमीको अवसर पारेर क्लबले प्रहरीलाई साइकल वितरण गरेको क्लबका प्रतिनिधि मल्लले बताए । यसअघि उक्त क्लवले सर्लाहीमा ६० र विराटनगरमा १५ वटा साइकल वितरण गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ