arrow

बलि के हो र कसको दिने ?

logo
अध्यात्म,
प्रकाशित २०७६ असोज १८ शनिबार
buddha-angulimaal.jpg

काठमाडौ । बलि भगवान बुद्धको पालामा पनि दिइन्थ्यो । आज पनि धेरै मानिसहरु नेपाल तथा भारतका पर्वतीय क्षेत्रमा बलि दिइरहेका छन् । कसैले बोका, रागा, कुखुरा, भेडा लगेर बलि दिइन्छन् । यहाँसम्म कि कुनै आमाले छोराको कामनाको लागि छिमेकीको छोराको बलि दिइएको पनि सुन्न पाइन्छ । यस्ता धेरै घटना भएका छन् । तपाई विचार गर्नुहोस  देवीलाई हामी सबै संसारको आमा मन्छौ तब उनि बोका, रांगा, कुखुराको पनि त आमा भइन् । फेरी आमाले छोराको शीर कसरी खाने ? आखिर बली प्रथाको मतलब के हो ?  हामी भगवानको अघि जनावरलाई किन काट्छौ ?  

बलिको जुन प्रथा छ यो सबैभन्दा पहिले किन चल्यो भन्ने प्रश्न उठने गरेको छ। हरेक व्यक्ति भित्र जनावरपन छ, जनावरको गुण छ । तपाई भित्र क्रोध जब आउछ  तपाईको नङ लामो हुन्थ्यो भने तपाई लठ्ठि नखोजेर सायद नङले हिर्काउनु हुन्थ्यो । मानिस भित्र जुन जनावरको भावना छ, जुन जनावरपन छ त्यसको बलि दिनको लागि सन्तहरुले भने,'तिमि भित्रको जुन जनावरपन छ, जुन पशुपन छ त्यसलाई काट, त्यलाई समाप्त गर।' तर हामीले आफ्नो पशुपनलाई समाप्त गर्न सकेनौ । हामी जो बोल्न सक्दैन अवोध जनवारलाई काट्न थाल्यौ । तब के उनिहरुलाई काट्नाले हाम्रो पाप समाप्त हुन्छ ? त्यहाँ त अझ पाप बढ्नेछ  समाप्त हुने छैन ।

वास्तवमा बलिको अर्थ तपाई भित्र भएको जुन पशु विचार छ, नराम्रो विचार छ त्यसलाई काट, त्यसलाई भगवानको समिप बलि देउ भनिएको हो । काम, क्रोध, मोह, लोभ र अहंकारको असली बलि देउ अर्थात यी अवगुणहरुलाई आफ्नो जीवनबाट काट र त्याग गर भनिएको हो। र जहाँसम्म देवीलाई भौतिक केहि बस्तु दिनुको सवाल छ त्यसमा तपाई सात्विक बलि दिन सक्नुहुन्छ नरिवल, पेडा, सुपारी जाइफल आदि दिन सक्नुहुन्छ। अर्थात हाम्रो पूजा सात्वीक हुनुपर्छ। तर हामीले जुन चिज हामीले आफै भित्र समाप्त गर्नु थियो त्यो गरेनौ र अबोध जनावारहरुलाई काट्न थाल्यौ ।

तब महात्मा बुद्धले यी सबै देखेर भन्नुभयो,' यी अबोध जनावरहरुलाई काटनाले तिमिहरु पापको समाप्त गर्न सक्दैनौ, पापको बृद्धि हुनेछ ।'

पुरानो जमनामा  मानिसहरु नरबलि दिन्थे तर त्यसमा के हुन्थ्यो शिर काटिन्थ्यो। ब्राह्मणहरुले मंत्र पढ्थे र शिर पुन: जोडिन्थ्यो तर यस्तो त आजकल हुदैन। बोकालाई देवीको अघि लगेर काप्छ काप्दैन हेरिन्छ, शिर हल्लाएन भने उसको कानमा पानी हालिन्छ। हल्लाएपछि काटिन्छ। भन्नुहोस यदि तपाईको कानमा कसैले पानी हाले तपाई टाउको हल्लाउनुहुन्न ?

मानिसहरु तामसिक बनेकाले यी सब कामहरु भैरहेका छन्।  मानिसहरु पथभ्रष्ट भइरहेका छन् । सात्विक हुन सकेका छैनन् ।

तमस गुण प्रधान भएपछि व्यक्तिलाई सत्य-असत्यको ज्ञान हुदैन, यानि उ अज्ञानको अंधकार (तम) मा रहन्छ । कुन कुरा ठिक हो र कुन गलत हो त्यसको यथार्थ थाहा पाउदैन र यस स्वभावका व्यक्तिलाई यो जान्नको जिज्ञासा पनि हुदैन। तमगुणले भरिएको जीव क्रोध आदि नीच वृत्तिमा वशीभूत भएर आचरण गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ