arrow

डायस्पोराको माग र मुलुकको समृद्धीका लागि एनआरएनए अध्यक्षमा मेरो उम्मेदवारीः कुल आचार्य

आचार्य भन्छन एनआरएनएको १२ बर्षको नेतृत्वपछि मात्र अध्यक्षमा दावेदारी

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
kul-acharya-nrn.jpg

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले गतिशिल र सबैको साझा संस्था बनाउका लागि आफू एनआरएनएको भावी अध्यक्षका रुपमा प्रस्तुत भएको बताएका छन् ।

हाम्राकुरासँगको कुराकानीमा उनले डायस्पोराको माग र मुलुकको समृद्धीका लागि आफू अध्यक्षका लागि सक्षम भएको दावी समेत गरे । संस्थामा विगत १२ बर्षदेखि अनवरत रुपमा संघर्ष गरिरहेकाले विश्वभरका नेपालीको समस्या बुझ्ने अवसर मिलेकाले सबैको सल्लाह अनुसार नै नेतृत्वका लागि दावी गरेको उनले बताए ।

एनआरएनएलाई सबैको अपनत्व महशुस हुने खालको साझा संस्था बनाउन र विदेशमा रहेका नेपालीको पुँजी र सीप नेपालमा भित्र्याउन, खाडी तथा मलेसियामा कार्यरत नेपालीका ज्वलन्त समस्या समाधानका लागि आफ्नो नेतृत्वका लागि साथीहरुले मोहोर लगाउने उनले विश्वास व्यक्त गरे। 

१० बुँदे कार्ययोजनामा एनआरएनएलाई समावेसी बनाउने मेरो स्पष्ट रोडम्याप छ। गैर आवासीय नेपालीहरुसंग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क र बौद्धिक तथा आर्थिक लगानी नेपाल भित्र्याउने, वैदेशिक रोजगारलाई मर्यादित तथा व्यवस्थित बनाउने, नेपालमा लगानी भित्र्याउने, व्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउने, नेपालको पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, युवा सशक्तीकरण र रोजगार, भिजन २०२० एण्ड वियोंड कार्यान्वयन गर्ने लगायतका कार्ययोजना सार्वजनिक गरिसकेको छु ।

गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्ष, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष भएर काम गरिसकेपछि अबको गन्तव्य अध्यक्ष नै रहेको अवस्थामा नेतृत्वका लागि दावा गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले प्रश्न गरे, ‘अब म अध्यक्ष नभए कहाँ जाउँ ?’

‘विश्वभर छरिएर रहेका नेपालीहरुको समस्या बुझेको छु, थुप्रै समस्याहरुको समाधान मेरै पहलमा भएका छन्, वास्तवमा म एनआरएनएका सबैखाले मुद्दाको साक्षी भएका हिसाबले आफूलाई योग्य ठानेको छु’, उनले भने, ‘ म एनआरएनएको सिपाही हुँ, संस्थालाई ब्यक्तिगत भन्दा संस्थागत स्वार्थमा काम गर्ने अठोट राख्छु ।’

उनले एनआरएनएले उठाएका नागरिकताको मुद्दा, मतदान अधिकार, नेपालमा लगानीका लागि सर्वशुभल कानुनको माग, मलेसिया र खाडी देशहरुमा कार्यरत नेपालीहरुले भोगिरहेका समस्या समाधानका लागि आफ्नो स्पष्ट योजना तयार रहेको पनि जानकारी गराए ।

उनले भने, ‘संस्था स्थापना देखि नै नागरिकताको मुद्दामा आफू क्रियाशिल रहेको साथै मतदान अधिकारका सवालमा पनि सरकारलाई अनुरोध गरिसकेकाले आगामी मेरो नेतृत्वमा बन्ने नयाँ कार्यसमितिले यसको छिनोफानो गर्नेछ ।’

१० अर्ब लगानीको सवालमा आफ्नो छुट्टै दृष्टिकोण रहेको जनाउँदै उनले यसका लागि क्षमतावान र सक्षम सिइओको आवश्यक रहेको उल्लेख गर्दै राम्रो प्रोजेक्ट तयार गरेर डायस्पोराको लगानी सुरक्षित गर्ने आफ्नो योजना उनले सुनाए ।

यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्वसम्मेलन एवम अन्तराष्ट्रिय अधिवेशनका लागि विभिन्न देशको भ्रमण सकेर आचार्य हाल काठमाडौंमा चुनावी अभियानमा ब्यस्त छन् । अध्यक्षका दावेदार उनले यसअघि नै १० बुँदे घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

एनआरएनएको अध्यक्षमा कुल आचार्यले गरे उमेद्वारी घोषणा

६० लाख गैरआवासीय नेपालीको नागरिकताको सवाल सम्बोधन होस्ः कुल आचार्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ