यसरी गर्नुपर्छ कालीदेवी कालरात्रिको पूजा 

नराम्रा र भयानक देखिने मानिस पनि दयालु र भित्रीरुपमा राम्रा हुन्छन्

प्रकाशित मिति : २०७६ असोज १८ शनिबार

काठमाडौं। नवरात्रको सातौंदिन महाशक्ति माता दूर्गाको सातौं स्वरुप कालरात्रिको पूजा गरिन्छ। यो विश्वास गरिन्छ कि माता कालरात्रिको पूजा गर्दा कालको नाश हुन्छ। यसै कारणले यिनको नाम पनि कालरात्रि राखिएको हो। यिनको अनुहारको स्वरुप पनि कालो नै रहेको छ।

असुरहरुका राजा रक्तवीजको वध गर्नको लागि देवी दूर्गाले तेजले यी देवीलाई उत्पन्न गरेकी हुन्। यिनको पूजा शुभ फलदायी हुने भएकोले यिनलाई शुभंकारी पनि भनिन्छ। 

यस दिन साधकका मन सहस्रार चक्रमा स्थित रहेको हुन्छ। यसको लागि ब्रह्माण्डको समस्त सिद्धिकाद्वार खुल्न लाग्दछ भनिन्छ। माता कालरात्रिको स्वरुप देख्नमा अत्यन्त भयानक मानिन्छ। तरपनि यिनी सदैव शुभफल दिनेवाली देवी मानिन्छ।

यिनको स्वरुपबाट पनि के थाहा हुन्छ भने नराम्रा र भयानक देखिने मानिस पनि दयालु र भित्रीरुपमा राम्रा हुन्छन्।  

माता कालरात्रिको मन्त्र
एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

माता कालरात्रिको स्वरुप
देवी कालरात्रिको शरीर रातको अन्धकार जस्तै कालो रहेको छ। यिनको कपाल पनि बिग्रिएको हुन्छ। यिनको घाँटीमा विद्युतको माला रहेको हुन्छ। यिनका चार हात हुन्छन् । यिनको बाहन गधा हो। 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ