arrow

राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा भित्र्याइयो फूलपाती 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज १८ शनिबार
salami.jpg

जनकपुरधाम । दसैंको सातौं दिन जनकपुरधाममा राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याइएको छ। 

शनिबार बिहान राजदेवी मन्दिरमा हिन्दु धार्मिक परम्पराअनुसार बेल तोडेर फूलपाती भित्र्याइएको हो ।

फूलपाती भित्र्याउनुअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टुकडीले सलामी दिएको थियो। राजदेवी मन्दिरमा फूलपाती भित्र्याउनुपूर्व सलामी दिने परम्परा रहेको छ ।

राम मन्दिरका महन्त राम गिरी वैष्णवको नेतृत्वमा बाजागाजसहित श्रद्धालुहरुको लावालस्कर बेलको रुख नजिक पुगेर बेल तोडेका थिए।

 राम मन्दिरभन्दा करिब एक किलोमिटर पर रहेको मारवाडी सेवा समिति परिसरबाट बेल तोडेर फूलपाती भित्र्याइएको राजदेवी मन्दिरमा पूजा संयोजन गर्दै आइरहेको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष कुमार  साहले जानकारी दिए।

फूलपाती भित्र्याउने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, नागरिक समाज, युवा क्लबका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतासहित श्रद्धालुको उल्लेख्य संख्यामा सहभागिता रहेका थिए । 

यसैगरी राजदेवी मन्दिरसहित जनकपुरधामका रामानन्द चोक, मुरली चोक, भ्रमरपुरा चोक, पिडडिया माइस्थान, राजदेवी चोक, रजौललगायतका स्थानमा भइरहेको दसैं पूजाघरमा समेत धुमधामका साथ फूलपाती भित्र्याइएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ