arrow

कोइली पुजा

logo
अर्जुन राज पन्त
प्रकाशित २०७६ असोज १८ शनिबार
Koel.jpg

सम्झे आज एउटा घटना बाल्यकालमा भा'को 
टोलै भरका बालक मिलि काँक्रो  चोर्न गा'को 
मात्रै थियो काँक्रोमा  के उसले हात ला'को 
'कोहो' भन्दै कोइली चरी गर्यो ठूलो डाँको 

सबको भयो भागाभाग काँक्रो त्यहि छोडी 
तर्सिएर भागी हाले चोर्न गा'का जोडी 
गलत कामलाई देख्दा पनि छैनन् आज बोल्ने 
न त अन्त गै कतै यस्ता कुरा खोल्ने 

मतलब छैन कोहि कसैको चिन्ता आफ्नै मात्र 
सृस्टि भरि बढी सके यस्ता खालका पात्र 
बिरोध गर्ने छैनन् कोहि अपराधको झुटको 
देखे पनि बोल्दैनन केहि  बचाउ गर्छन गुटको 

दस्ता बनाई लुट्ने खेलमा पाउदा सानो पिँडो   
त्यहि पिँडोमा मुख मिठायो चुप्प लाग्यो हिँडो  
किरा सरि मानब जाति छन् नि जता ततै 
निमूखाको घटना घटोस साँझी छैन कतै

जे देखेनी जे  भोगेनी बोल्दैनन् ति त्यहाँ 
कुरो लिई हाजिर हुन्छन बरु मालिक कहाँ 
हाम्रो मान्छे फस्छ त्यहाँ नबोल भन्छ मालीक 
प्राण भा को जिउदो मानिस बन्छ फेरी शालीक 

खबरदारी गर्ने जिम्मा पा का पनि आज 
जे देखेनी चुप्पै लाग्छन मान्दैनन केहि लाज 
उनैबाट आश नभएसी कता जानु अब
पखेरुमा विश्वास परि जिम्मा लाउछौ सब  

'कोहो' कोहो भन्दै थूर्ने तेरो ठूलो डाँको 
तेरो छ नि दुधे दाजू यस्तै खुबी भा'को 
खाइस खेलिस हूर्किस बढिस काग दाजूसंग 
उसको खुबी सुने कोइली त नि हुन्छस दङ्ग 

निकै टाढासम्म देख्छ सबको खबर राख्छ 
जस्तै आपत परे पनि ज्यानै जोगाइ भाग्छ 
जस्तो सुकै ठाउँमा  पनि भन्दैन त्यो जान्न 
हात उठाए देखि हाल्छ ताके भन्छ हान्न 

एक अर्काको खुबी अब अंश बन्डा  गर 
दुधे भएनी दाजूभाई होउ नमिल्ने पो छ र 
सक्दैनौ त्यो साट्न भने अर्को शंधी गर 
संगै बस, संगै खेल, संगसंगै चर 

जब देख्छ कागले केहि गडबड हुन ला'को 
'कोहो' भन्दै झपार तैले गर्दे ठूलो डाँको 
भागे जस्तै काँक्रा चोर भाग्लान अरु पनि 
तेरो आवाज सुन्दा बरु देखेछन् लौ भनि

गर्दे एति कोइली आज धन्य हुन्छस तँ नि 
तेरो पनि पूजा होला त्यस्तै दिन गनी 
काग हामी पहिलै पूज्थेउ काग तिहार भनि 
एति भएसी मान्छौ हामी कोइली तिहार पनि 

शोध बरु यमराजलाई ढीला गर्छै किन 
हुन्छ कि नाइ दुवै पूजा गर्न एकै दिन
चिन्ता छैन यमपन्चक लम्बिएमा पनि 
हदै भए बिदा होला कोइली तिहार भनि

( बाग्लुङ नपा २का पन्त हाल फोटवर्थ टेक्सास अमेरिकामा रहँदै आएका छन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ