arrow

प्रिमियर लिगका छ खेलमा १६ गोल, लिभरपुल र लेस्टरबीच हानाहान 

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
liverpool-leicester.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलको अपराजित यात्रा आठौं चरणको खेलसम्म कायमै रहेको छ । 

एकमात्र १०० प्रतिशत खेल खेल्ने लिभरपुलले शनिबार रातिको खेलमा लेस्टर सिटी विरुद्ध जित निकाल्यो । 

घरेलु मैदानमा खेलेको लिभरपुललाई जिताउने क्रममा ४० औं मिनेटमा साडियो माने र इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जेम्स मिल्नरले गोल गरे । 

लेस्टरका जेम्स माडिसनले ८० औं मिनेटमा बराबरी गोल गरेका थिए । खेल सकिएपछि भने दुवै टिमका खेलाडीहरु हात हालाहालमा पुगेका थिए । मिल्नरको गोललाई विवादित मान्दै लेस्टरका खेलाडीहरु विरोधमा उत्रिएपछि हानाहान भएको हो । 

शनिबारका अन्य खेलको नतिजा 
ब्राइटन एन्ड हब आल्बियन ३–० टोटनह्याम हट्सपर
बर्नली १–० एभर्टन
नर्विच सिटी १–५ एस्टन भिल्ला
वाटफोर्ड ०–० शेफिल्ड युनाइटेड
वेष्ट ह्याम युनाइटेड १–२ क्रिस्टल प्यालेस

अंक तालिका
लिभरपुल ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी १६ अंकबाट दोस्रो स्थानमा छ । 

आठ खेलबाट १४–१४ अंकको लेस्टर र क्रिस्टल तेस्रो र चौथो स्थानमा छन् । १२ अंकबाट बर्नली, आर्सनल र वेष्टह्याम पाँचौं, छैटौं र सातौं स्थानमा छ ।  

पुछारको वाटफोर्डको ३, १९ औं स्थानको न्युकासलको ५ र नर्विच सिटीको ६ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ