arrow

करण र विनोद चम्किदा नेपालद्वारा हङकङ ४ विकेटले पराजित

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
nep.png

काठमाडौं । ओमनमा जारी पाँच देश सम्मेलित टी२० प्रतियोगिता मा आज भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको छ। अलअमिरेट क्रिकेट खेलमैदानमा भएको खेलमा टस जित्दै फिल्डि्ग रोजेको नेपालसामु हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा केवल १ सय २५ रन तयार परेको थियो। हङकङलाई सस्तैमा समेटन नेपालकालागि करण केसीले ४ विकेट लिएका थिए। उनले राम्रो सुरुवात गर्दै ठुलो लक्ष्यतर्फ लागेको हङकङलाई इनिङ्गको पाँचौ ओभरमा ३ विकेट लिँदै दबावमा राखेका थिए। 

हङकङका लागि वकास बार्कतले सर्वाधिक ३७ रन बनाउँदा कप्तान किन्चित शाहले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न नसक्दा हङकङ १ सय २५ रनमा समेटिन पुगेको थियो । नेपालको तर्फबाट अविनास बोहोराले  ३ ओभरमा १७ रन दिँदै १ विकेट लिए भने ललित राजवंशी,सन्दीप लामिछाने तथा पारस खड्काले किफायती बलिङ्गको प्रदर्शन गरेका थिए। 

जबाफमा १ सय २६ रनको सामान्य रनको लक्ष्यकोसाथ ब्याटिङ्घका लागि मैदानमा उत्रिएको नेपालले १९ ओभर खेल्दै ६ विकेटको क्षतीमा १ सय २६ बनाउदै विजयी लक्ष्य भेट्टाएको थियो। नेपालको सुरुवात राम्रो हुन सकेन इनिङ्गको पहिलो बलमा नै कप्तान पारस खड्का क्काच आउट हुन पुगे। त्यसपछि पवन,दिपेन्द्र,तथा रोहित पनि सस्तैमा आउट हुँदा नेपाल सातौ ओभरमा ४ विकेट गुमाउँदै ३६ रनको स्थितिमा पुगेको थियो। कठिन समयमा ब्याटिङ्गका लागि आएका आरिफ शेख तथा विनोद भण्डारीले पाँचौ विकेटका राम्रो साझेदारी गर्दै नेपाललाई जित तर्फ अघि बढाएका थिए। नेपाललाई जिताउन विनोदले ४८ बलको सामना गर्दै ५८ बनाएका थिए भने आरिफले २१ रन बनाउदै उनलाई साथ दिए। हङकङका लागि कयल क्रिष्टी तथा नुसरुल्ला रानाले समान २-२ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्।

प्रतियोगितामा पहिलो खेलमै जित हात पारेको नेपाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। आयरल्याण,नेदरल्याण्ड, नेपाल,ओमान र हङकङ सम्मेलित उक्त प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल सोमबार नेदरल्यण्डसँग खेल्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ