arrow

सेभिया विरुद्द बार्सिलोनाको प्रभावशाली जित

logo
प्रकाशित २०७६ असोज २० सोमबार
barcelona28.jpg

काठमाडौं। ला लिगा अन्तर्गत गएराती भएको खेलमा सेभिया विरुद्द् बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा सेभियालाई ठुलो गोलअन्तरले हराउने क्रममा टोलीका लागि लुइस स्वारेज, अर्थुरो भिडाल, उसमाने डेम्बेले र लियोनल मेस्सीले एक-एक गोल गरे। 

खेलको २७औ मिनेटमा समेडोको पासमा स्वारेजले उत्कृष्ट वाईसाइकल गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यस्तै खेलको ३२ औ मिनेटमा भिडाल तथा ३५ औ मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ८ मिनेटको अन्तरमा ३ गोल गरेको थियो।

दोस्रो हाफमा सेभियाले केही राम्रो प्रदर्शन गरेपनि गोल गर्न नसक्दा गोलअन्तर कम गर्ने मौका गुमाउन पुगेको थियो। खेलको ७८औ मिनेटमाा डी एरिया नजिकै प्राप्त फ्रिकिकलाई अर्जेन्टाइन स्ट्राइकर मेस्सीले आकर्षक गोलमा परिणत गरेपछि घरेलु टोलीले नतिजा ४-० ले आफ्नो पक्षमा पर्न सफल भयो। 
खेलको अन्त्यतिर बार्सिलोना ९ खेलाडीमा समेटिन पुगेको थियो उसका रोनाल्ड अरुजो ले ८७ र डेम्बेलेले ८८ औ मिनेटमा रातो कार्ड पाएका थिए। 

यो जितसँगै बार्सिलोना ८ खेलबाट १६ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिदा समान खेलबाट १८अंकका साथ रियाल मड्रिड पहिलो स्थानमा रहेको छ। 

यस्तै गएरातिको अन्य खेलमा ओसासुनाले भिलारियाललाई २-१ हराउँदा माल्लोर्कले स्प्यानोललाई २-० ले स्तब्ध बनायो, सेल्टा भिगोले एथलेटिको विल्भाओलाई १-० ले हराउँदा एथलेटिको मड्रिड र भालाडोलिड गोलरहित बराबरीम रोकिन पुगे। यस्तै गेटाफेले रियाल सोसिड्याडलाई २-१ गोल अन्तरले पराजित गर्यो । 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ