arrow

सत्ताधारी र प्रमुख विपक्षीका विद्यार्थी जुटे, वैज्ञानिक शुल्क कार्यान्वयन गर्न माग

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
Education-ministry.jpg.jpeg
काठमाडौं । विभिन्न समयमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै संयुक्त विद्यार्थी सङ्गठनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न बनेको प्राविधिक समितिले पेस गरेको वैज्ञानिक शुल्क मापदण्ड यसै वर्षदेखि कार्यान्वयन गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबीचको विवाद अविलम्ब अन्त्य गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्नुपर्ने र वैज्ञानिक शैक्षिक मापदण्ड निर्माण गरिनुपर्नेलगायतका माग गरिएको छ । 
 
मन्त्री पोखरेलले ज्ञापनपत्र बुझ्दै सङ्गठनले उठाएको मागलाई आफूले सकारात्मक रुपमा लिएको र त्यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए । मन्त्रीले आगामी शैक्षिक सत्रदेखि १ कक्षा देखि ३ सम्मका पाठ्यपुस्तक रङ्गीन बनाइने बताएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।  
 
सो अवसरमा नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठनका अध्यक्ष सङ्घका अध्यक्ष रञ्जीत कर्ण, नेकपा(एमाले) निकट अनेरास्ववियुका अध्यक्ष नवीना लामा, एमाओवादी निकट विद्यार्थी सङ्गठनका अखिल(क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकाललगायत उपस्थित रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ