arrow

प्रिमियर लिगमा सिटीलाई झड्का, दुई शुन्यले पराजित

logo
प्रकाशित २०७६ असोज २० सोमबार
pl.jpg

काठमाडौं। इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी आफ्नै घरेलु मैदानमा हुल्भ्ससँग २-० गोल अन्तरले नमिठो हार स्विकार्न बाध्य भएको छ। अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेता पनि खेलको अन्तिम समयतिर सम्हालिन नसक्दा पाहुँना टोलीलाई २-० को नतिजा सुम्पनु परेको थियो।  हुल्भ्सलाई जिताउने क्रममा अडामा ट्राओरेले खेलको ८०औ तथा ९४औ मिनेटमा गोल गरे।

यो हार सँगै डिफेन्डिङ्ग च्याम्पियन सिटी जारी लिगमा लिग लिडर लिभरपुल भन्दा ८ अंकले पछाडी परेको छ। समान ८ खेल खेलेको लिभरपुल २४ अंक सहित लिगमा पहिलो स्थानमा रहँदा सिटी १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। 

यस्तै गए राती प्रिमियर लिग अन्तर्गत भएका अन्य खेलहरुमा चेल्साले साउथह्याम्पटनलाई ४-१ ले हराउँदा आर्सनलले बर्नेमाउथलाई १-० गोल अन्तरले हरायो। अर्को खेलमा म्यान्चेष्टर युनाइटेडलाई न्यु क्याष्टलले १-० ले स्तब्ध पार्यो।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ