arrow

तेस्रो युथ युनियन कप खुल्ला फुटबलको उपाधि आयोजकलाई

logo
सीता डोटेल,
प्रकाशित २०७६ असोज २० सोमबार
football11.jpg

पाल्पा । तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक युथ युनियन मटेरीले जितेको छ । आईतबार भएको फाईनल खेलमा वि नाईन व्वाईज रामपुर ६ विजयपुरलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक युथ युनियनले उपाधी जितेको हो । 

फाईनल खेलको हाफ अघि पछि लगातार २–२ गोल गर्दै युथ युनियन मटेरीले उपाधी जित्न सफल भएको हो । पहिलो हाफमा युथ युनियनका शितल उच्चै र जनम लिगलले गोल गरेका थिए । दोस्रो हाफमा क्षितिज जिटी र पुनः जनम लिगलले गोल गरेका हुन्। यस संगै वि नाईन व्वाईज विजयपुर उपविजेतामा चित्त बुझाएको छ।

विजयीले क्रमशः नगद ५० हजार र ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । प्रतियोगितामा म्यान अफ दि म्याच युथ युनियन मटेरीका जनम लिगल घोषित भए । त्यस्तै वेष्ट प्लेयर युथ युनियन मटेरीका शिलत उच्चै, वेष्ट डिफेन्सर युथ मटेरीका केशबराज श्रेष्ठ, हाई स्कोरर युथ युनियन मटेरीका क्षितिज जिटी, वेष्ट किप्पर वि नाईन व्वाईज विजयपुरका विशाल चौवे, अप ग्रोईङ्ग प्लेयर युथ युनियन मटेरीका जीवन राई मगर र फेयर प्ले टिम अवार्ड चापाकोट युनाईटेड भएको छ ।

‘विकृति विसंगती उन्मुलन समाज सबैको चाहाना, शान्ति, समृद्धि समाजसेवा युवाको निस्वमर्थ भावना’ भन्ने नाराका साथ विजय दशमीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा भएको प्रतियोगितामा १७ समुहको सहभागीता रहेको थियो । विजयी समुहलाई विविध सांस्कृतिक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पुरस्कार वितरण गर्दै रामपुर नगरमा खेलकुदको विकासमा काम भैरहेको बताए । युवालाई सामाजिक विकासमा लाग्न प्रेरित गर्दै थापाले खेलले युवामा सक्रियता दर्शाउने बताए । मटेरी ठूलोटारलाई क्षेत्रियस्तरको खेल मैदानको रुपमा विकास गर्न गतवर्ष प्रदेश सरकारले रकम विनियोजन गरेपनि बजेटले काम अधुरो रहने भएकाले डिपिआर मात्र तयार गरिएको बताए । उनले खेल मैदानको संरक्षणको लागि सबैले ध्यान दिनु अवश्यक रहेको बताए ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, रामपुर ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, अन्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँण, ग्लोबल पिसचैन एम्बेस्टर रहिम मियाँले बोल्दै क्लवले गरेको कार्यक्रमको प्रशंसा गर्दै स्थानिय स्तरको प्रतिभा उजागरको लागि बेला(बेलामा हुने प्रतियोगिताले मद्दत पुर्याएको बताए । 

युथ युनियन मटेरीका अध्यक्ष अमिर रानाको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा खेल संयोजक कमल रानाले स्वागत र सदस्य दिपेन्द्र भट्टराईले संचालन गरेका हुन् । कार्यक्रमको अवसरमा डि एण्ड जि र श्रीकृष कला केन्द्रका कलाकारले नाच देखाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ