arrow

वेष्ट इन्डिजको दुर्लव इतिहास मात्रै कि विश्व क्रिकेटमा पुनरागमन ?

एकै वर्ष, एउटै भूमिमा ३ विश्व च्याम्पियनको रेकर्ड

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
winner-T-20--2016.jpeg.jpeg
एजेन्सी । सन् १९७० को दशकमा वेष्ट इन्डिजको विश्व क्रिकेट जगतमा एक छत्र राज चल्थ्यो । वेष्ट इन्डिजले सन् १९७५ र १९७९ को विश्वकप जित्यो, भने सन् १९८३ को विश्वकपको फाइनल सम्म पुगेपनि त्यसपछी आन्तरिक समस्यामा फसेर कहिल्यै आफ्नो पुरानो साखलाई जोगाउन अथवा दोहोर्याउन सकेन । त्यस पछी निरन्तर ओरालो लागेको वेष्ट इन्डिज क्रिकेटले विश्व क्रिकेटमा आफ्नो क्षमता देखाउन सकेन । 
 
संगठित र आर्थिक रुपले संकटमा रहेको क्यारेवियन क्रिकेट बोर्डले खेलाडीलाई उचित सुविधा तथा खेलको प्रशिक्षण गर्न नसक्ने स्थितीमा पुगेको थियो ।  सन् २००४ मा पहिलो पटक च्याम्पियन्स कप जितेको वेष्ट इन्डिजले सन् २०१२ मा श्रिलंकामा भएको टि–२० विश्वकप जित्दा संयोगले जितेको मानिएको थियो । सन् १०१५ को विश्वकपपछि आन्तरिक कारणले १ वर्ष सम्म एउटा पनि अन्तार्राष्ट्रिय एक दिवसीय प्रतियोगिता नखेलेको वेष्ट इन्डिज शीर्ष ८ मा पर्नबाट बञ्चित भई सन् २०१७ मा हुने च्याम्पियन्स ट्रफी खेल्ने अवसर गुमायो । 
 
हालै भारतमा भएको टि –२० विश्वकप सुरु हुनुअघि सो प्रतियोगितामा औषत टोलीको रुपमा हेरिएको थियो । इङ्गल्याण्डलाई पहिलो सिकार बनाउँदै विजयी यात्रा सुरु गरेको वेष्ट इन्डिज फाइनलमा समेत इङ्गल्याण्डलाई हराएर उपाधि जित्न सफल भयो । वेष्ट इन्डिजको सफलता यति मात्रै रहेन ।  
 
उसले यही वर्ष आइसीसीले आयोजना गरेको सवै प्रतियोगितामा कब्जा जमायो । यो वर्ष भएको १९ वर्ष मुनिको विश्वकपको फाइनलमा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै पहिलो पल्ट उपधी जित्यो । साथै पुरुष विश्वकप संगै भएको महिला टि–२० विश्वकपमा क्रिकेटको फाइनलमा अष्ट्रेलियालाई हराउदै महिला तर्फको उपाधी समेत जित्यो । यो वर्ष वेष्ट इन्डिजले आसीसीले आयोजना गरेको ३ वटै विश्वकपको हासिल गरेको छ । एकै वर्ष तीन महत्वपूर्ण उपाधी जितेको वेष्ट इन्डिजले सबै सफलता एउटै भूमिमा हासिल गरेको दुर्लव इतिहास समेत रचेको छ । जुन सफलता भारतीय भूमिमै हासिल भयो ।
 
यु–१९ विश्वकप र महिलातर्फको टि–१० उपाधि सहजै जितेको वेष्ट इन्डिजले महत्वको पुरुष क्रिकेट उपाधि अप्रत्यासित जित निकाल्दै हासिल गर्न सक्यो । त्यो जितको इतिहास फेरि होहोरिनेमा क्रिकेट समर्थकहरु विश्वास गर्न सक्दैनन् । संयोगले भएको यो जित संगै क्रिकेट जगतमा एउटा प्रश्न उब्जिएको छ ‘के’ विश्व क्रिकेटमा वेष्ट इन्डिजले पुनरागमन गरेकै हो त ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ