arrow

नौमति बाजा संरक्षण र प्रबर्द्धनमा स्थानियले थाले पहल, गराए प्रतिष्पर्धा

logo
प्रकाशित २०७६ असोज २० सोमबार
naumati-baja-dp-kandel.jpg

बिहुँ हटिया। काँठेखोला गाउँपालिका वडा ६ बिहुँ हटियामा अवस्थित रहेको बिहुँकोटमा बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको आयोजनामा नौमति पन्चे बाजा प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै नेपाल कोशिकी करातेका प्रमुख संरक्षक डन्डपानी कंडेलले लोपोन्मुख अवस्थामा रहेको नौमति बाजा संरक्षणमा केन्द्रले देखाएको अग्रसरता सह्रानिय रहेको उल्लेख गर्दै मौलिक संस्कृतिहरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए।

नौमति बाजा प्रतियोगितामा ३ टीमको सहभागिता थियो। जस्मा प्रथम काठेखोला १ धिमी पन्चेबाजा समुह, द्धितिय सत्यावति पन्चेबाजा समुह काठेखोला ५ राहाले र तृतिय बिहुकोट पन्चेबाजा समुह काँठेखोला ५ भएका छन्। प्रतियोगितामा प्रथम हुनेले खशी र प्रमाणपत्र त्यस्तै द्धितिय र तृतिय हुनेले क्रमश ६ हजार र ४ हजार नगद प्राप्त गरेका थिए।

प्रथम पुस्कार स्थानिय सन्देश कंडलले, त्यस्तै द्धितिय पुस्कार वडा ६कै बलबहादुर क्षेत्री र मुकेशले र तृतिय पुस्कार वडा ५मा रहेको सापकोटा ब्रदर्शले गरेका थिए।

कार्यक्रममा पुर्व सासंद गोबिन्द्र प्रसाद कडेंल, वडा ५ का वडा अध्यक्ष शिव प्रसाद कंडेल, गाउँकार्यपालिका सदस्य टिका संगम विक, लगाएतले मन्त्ब्य राखेका थिए।

कार्यक्रम संयोजक हरि सापकोटा स्वागतमा संचालित कार्यक्रममा यसै केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कँडेलको अध्यक्षता मा सम्पन्न कार्यक्रम को संचालन सचिव सन्तोष पुनले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ