arrow

सचिनद्धारा अभिनन्दनको प्रशंसा

logo
प्रकाशित २०७६ असोज २२ बुधबार
sachin.jpeg

काठमाडौं । मास्टर ब्लास्टर सचिन तेन्दुलकरले भारतीय विंग कमाण्डर अभिनन्दन वर्तमानको प्रशंसा गरेका छन् । भारतीय वायुसेनाले मंगलबार ८७ औं स्थापना दिवस मनाउँदा उक्त सेरोफेरोमा रहेर तेन्दुलकरले अभिनन्दनको प्रशंसा गरेका हुन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै तेन्दुलकरले ‘विंग कमाण्डर अभिनन्दन वर्तमानलाई मिग–२१ बायसनमा ८७ औं वायुसेना दिवस परेडको अगुवाइ गर्दा मेरा रौं खडा भए । उनको साहस र हिम्मत हामी सबैको लागि प्रेरणादायी छ ।’ भनेका छन् । 

वायुसेना फाइटर अभिनन्दनले बालाकोटा स्ट्राइकपछि आफ्नो मिग–२१ विमानबाट पाकिस्तानको आधुनिक एफ–१६ लाई खसालेका थिए । 

तेन्दुलकरले देशको रक्षा गरेकामा सेनालाई धन्यवाद पनि दिएका छन् । उनले लेखेका छन् –देशको रक्षा गरेकामा सेनालाई धन्यवाद । प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सुरु भएको स्वच्छ भारत मिशनप्रति तपाईहरुको उत्साह देखेर देश स्वच्छ, स्वस्थ र सुरक्षित रहने कामना गर्दछु ।’

सचिन तेन्दुलकर वायुसेनाको परेडमा सामेल भए । सन् २०१० मा ग्रुप क्याप्टेन बनेका सचिन वायुसेनाको पोशाक लगाएरै कार्यक्रममा सरिक भएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ