arrow

सिमान्तकृत समुदायसँग यसरी मनाए चन्द्र भण्डारीले दशैं

माझी र बोटे समुदायका बालबालिकालाई बाँडे शैक्षिक सामग्री, महिलाहरुलाई वस्त्र

logo
कौरव खत्री,
प्रकाशित २०७६ असोज २१ मंगलबार
chandra-bhandari-dasain-gulmi.jpg

गुल्मी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले यसपालिको बडा दशै पनि गुल्मी दरवार गाँउपालिका १ को बोटे माझी गाँउमा मनाएका छन् ।

गुल्मी दरवार गाँउपालिका १ का अति सिमान्तकृत बोटे माझी समुदायका बस्तीमा पुगेर २०७६को बडा दशैं मनाएका हुन् । समुदायमा गएर दशैं मनाएको भण्डारीको यो छैठौं दशैं हो। 

समुदायमा दशैं मनाउने क्रममा डा भण्डारीले करिव ५ सय जना बोटे माझीहरुलाई टिका दक्षिणा र महिलाहरुलाई नयाँ बस्त्र प्रदान गरेका थिए। 

दशैंका अवसरमा गुल्मी दरवार गाँउपालिका १ को माझी प्राथमिक विद्यालय र नरहरि माध्यमिक विद्यालय तथा चन्द्रकोट गाँउपालिका ८ को ज्ञानोदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने बोटे माझी र कुमाल समुदायका करिव २ सय ५० विद्यार्थीहरुलाई भण्डारीले टिका, दक्षिणा र आर्शिवाद सहित शैक्षिक सामग्री पनि प्रदान गरे। 

माझी प्राविका  शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर माझीका अनुसार भण्डारीले स्थानिय ९० बर्षीया मन कुमारी बोटे माझीको हातबाट टिका लगाएका थिए।

भण्डारीले बुधवार भने झेर्दी र बम्घाका बोटे दलित समुदायका बीचमा दशैंको मनाउने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ