arrow

नेपालको टी–२० क्रिकेटको उपाधि भिडन्त कमजोर, आयरल्याण्डसंग १३ रनले पराजित

logo
प्रकाशित २०७६ असोज २२ बुधबार
nepal-t-20-singapore2.jpg

काठमाडौं । नेपालको ओमानमा भइरहेको पाँच देशीय टी–२० सिरिजमा उपाधि जित्ने सम्भावना कमजोर भएको छ । बुधबार भएको तेस्रो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसंग १३ रनले पराजित भएपछि नेपालको उपाधि होड कमजोर बनेको हो । 

पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डलाई समान ४–४ विकेटले पराजित गर्दै उपाधि होडको यात्रालाई बलियो बनाएको नेपालले तेस्रो खेलमा बुधबार आयरल्याण्डसंग घुँडा टेकेपछि नेपालको सम्भावना कमजोर बन्यो । 

१४६ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १३२ रनमा आउट भयो । 

सुरुवाती ब्याट्सम्यानले सन्तुलिन ब्याटिङ प्रर्दशन गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

आरिफ शेखले २६ बलमा २६ रन बनाएको इनिङमा कप्तान पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाए । पहिलो विकेटका लागि ३५ रनको साझेदारी गर्ने क्रममा पारसले मात्र १४ बलको सामना गरेका थिए । त्यस्तै ईशानले ३० बल खेलेका थिए । 

दीपेन्द्र सिंह ऐरीले १९ र करण केसीले १६ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । 

आयरल्याण्डका मार्क अडियर र जर्ज डोकरेलले ३–३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ विकेटको नोक्सानीमा १४५ रन बनाएको थियो ।

ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए । सन्दीप लामिछाने र अविनाश बोहराले २–२ विकेट लिए । करण केसी र ललित राजवंशीले १–१ विकेट लिए । सबैभन्दा खराव फर्ममा रहेका सोमपाल कामीले विकेट लिएनन् । 

आयरल्याण्ड सबै चार खेल खेलेर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल ३ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत् छ ।

दोस्रो स्थानको आयोजक ओमानको २ खेलबाट ४ अंक नै छ । ओमानले तेस्रो खेलमा नेदरल्याण्डसंग खेलिरहेको छ । यो खेलमा ओमान कमजोर नेदरल्याण्डसंग फराकिलो हार बेहोरेमात्र नेपालको उपाधि सम्भावना रहन सक्छ । 

तर अन्तिम खेलमा बिहीबार नेपालले ओमानमाथि फराकिलो नै जित निकाल्नु पर्नेछ । तबमात्र आयरल्याण्डको रनरेट भन्दा बढी हुन सक्छ । जुन कमै सम्भावना छ । 

नेदरल्याण्ड र हङकङको अंक छैन । दुवै टिम उपाधि होडबाट बाहिरिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ