- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। ब्रजिलियन फुटबल स्टार नेयमारले बार्सिलोना छोडेर गल्ती गरेको कुरा अर्का फुटबल स्टार लियोनल मेस्सीले बताएका छन्। नेयमारले सन् २०१३-१७ सम्म बार्सिलोनाबाट खेलेका थिए। बार्सिलोनाबाट नेयमार फ्रेन्च क्लब पिएसजी गएका थिए।
मेस्सीले आफुले टिममा खेलाडी लिने- नलिनेमा कुनै पनि भाग नलिने स्पष्ट पारेका छन्। बार्सिलोनामा ग्रिजम्यान आउन लागेको बेला मेस्सीले रोक्न खोजेको आरोप लागेको थियो। उनले उक्त कुराको खण्डन गर्दै ‘म व्यवस्थापन तिर कुनै पनि इच्छा राख्दिन।‘
मानिसहरुलाई लाग्छ ‘म टिमको खेलाडी छान्न वा म्यानेजर फेर्न सक्छु । तर यो सब अफवाहा हो। मैले नेयमारलाई बार्सिलोना फर्किन सल्लाह मात्र दिएको हुँ’ मेस्सीले भने। उनले ग्रिजम्यान र नेयमार दुवै विश्वस्तरीय खेलाडी हुन् र दुवैको आ-आफ्नो विशेषता छन्।
नेयमार बार्सिलोना आएको भए हामीसँग राम्रो खेलाडी रहने थिए। उनको उपस्थितीले टोलीलाई बलियो बनाउने थियो। यो बर्ष नेयमारलाई पिएसजीबाट बार्सिलोना फर्काउने राम्रो प्रयास भएको थियो जुन सफल हुन सकेन।