arrow

ओमानसँग नेपालको लज्जास्पद हार

टि-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको दोश्रो कम योगफल

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
nepali-cricket-team-t-20.jpg

काठमाडौं। ओमानमा जारि पाँच देश सम्मिलित टि-२० प्रतियोगिता अन्तर्गत नेपाल ओमान विरुद्दको आजको खेलमा  ६ विकेटले पराजित भएको छ। 

खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपाल ११ ओभरमा सबै विकेट गुमाउँदै केवल ६४ मात्रै जोड्न सक्यो। टि-२० क्रिकेटमा आफ्नो दोश्रो कम योगफल बनाएको नेपाललागि आरिफ शेखले सर्वाधिक २०, दिपेन्द्र ऐरीले ११, रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन्। 

ओमानका लागि स्पिनर अमिर कलिमले ४ ओभरमा १५ रन खर्चिदैँ ५ विकेट लिए। बिलाल खानले २,  मोहम्मद नदीम र खबर अलिले समान १ विकेट लिए।

जबाफमा ६५ रनको झिनो रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको ओमानको पनि सुरुवात राम्रो हुन सकेन।  चुस्त नेपाली बलिङ्ग तथा फिल्डिङ्गसामु झिनो रनको लक्ष्य ओमानले ‍११.५ ओभरमा ४ विकेटको क्षतीमा ६५ रन बनाउँदै भेट्टाएको थियो। उसका लागि सुरज कुमारले ३० बलको सामना गर्दै ४२ रन बनाए। 

नेपालका लागि करण केसीले ४ ओभरमा रन खर्चिदैँ २ विकेट लिँदा सन्दीप लामिछानेले २३ ‍दिँदै १ सोमपाल कामीले २ ओभरमा ७ रन दिदैँ १ विकेट हात पारे ।

यो हार सँगै नेपालले प्रतियोगिताको ४ खेलबाट २ जित २ हार निकालेको छ। नेपालले हङकङ र नेदरल्याण्डलाई समान ४ विकेटले पराजित गरेको थियो भने आयरल्याण्डसँग १३ रनले पराजित हुन पुगेको थियो। प्रतियोगितामा आफ्नो सबै खेल जित्दै ओमान विजेता बनेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ