arrow

नौ गोल बर्साएर बेल्जियम युरो कपमा छानिने पहिलो टिम बन्यो

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
belgium5.jpg

काठमाडौं । सान मारिनोमाथि ९ गोल बर्साएर बेल्जियम युरो कप फुटबलमा छनोट हुन सफल भएको छ । बिहीबार राति भएको खेलमा सान मारिनोलाई बेल्जियमले ९–० गोल अन्तरले पराजित गरेको हो । 

बेल्जियमका लागि रोमेलु लुकाकुले दुई, नसर चदली, युरी टाइलेमेन, टोबी एल्डरवाइल्ड, क्रिस्टियन बेनटेक, यारी भर्सेर्केन र टिमोथी केस्टनटले एक एक गोल गरे । एक गोल आत्मघाती भएको थियो । 

लुकाकु बेल्जियमका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

यो जितसंगै बेल्जियम युरो कपमा छनोट हुने पहिलो टिम बनेको हो । शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुलेको छ । ६ टिम सहभागी समूह आईमा दोस्रो स्थानको रुसको १८ र तेस्रो स्थानको साइप्रसको १० अंक छ । 

यो समूहबाट दुई टिम छनोट हुने भएकाले बेल्जियमले ३ खेलअघि नै सतप्रतिशत खेल्दै छनोट भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ