arrow

कोहली दोहोरो शतकको कीर्तिमानमा चौथो स्थानमा, पछि परे तेन्दुलकर 

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
kohli.jpeg

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा दोहोरो शतकमा कीर्तिमान रचेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको पुनेमा भइरहेको दोस्रो टेष्ट खेलमा नटआउट रहँदै २५४ रन बनाउँदै उक्त कीर्तिमान बनाएका हुन् । 

उनले अहिलेसम्म सात पटक दोहोरो शतक बनाएका छन् । उनी यो उपलब्धि हासिल गर्ने विश्वको छैटौं र भारतको पहिलो खेलाडी बनेका छन् । कोहलीले क्रिकेटका भगवान भनेर चिनिने भारतका सचिन तेन्दुलकर (६), वीरेन्द्र सहवाग (६) र अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ (६) को कीर्तिमान तोडेका छन् । 

कप्तानको रुपमा सबैभन्दा बढी शतक बनाउने कीर्तिमान रचेका कोहलीले टेष्टमा २६ शतक बनाइसकेका छन् । उनले ८१ खेलमा ७०५४ रन बनाइसकेका छन् । कप्तानका रुपमा एक दिवसीयमा समेत गरी उनले ४० शतक बनाएका छन् । उनीभन्दा अगाडि अष्ट्रेलियाका कप्तान रिक्की पोन्टिङको ४१ शतक छ । 

३१ वर्षीय कोहलीले अझै केही वर्ष क्रिकेट खेल्ने नै छन् । त्यतिबेलासम्म अझ थुप्रै कीर्तिमान तोड्ने अनुमान गरिएको छ । 

दोहोरो शतक बनाउनेमा सबैभन्दा अगाडि सर डन ब्राडम्यान छन् । अष्ट्रेलियाका स्वर्गीय ब्राडम्यानले मात्र ५२ खेल खेलेका थिए र १२ वटा दोहोरो शतक बनाएका थिए । 

त्यसपछि पूर्व खेलाडी श्रीलंकाका कुमार सांगाकाराले १३४ खेलबाट ३८ शतक बनाउने क्रममा ११ वटा दोहोरो शतक बनाएका थिए । तेस्रो स्थानमा वेष्ट इन्डिजका पूर्व खेलाडी ब्रायन लारा छन् । उनले ९ वटा दोहोरो शतक बनाएका छन् । 

कोहलीको सात वटा शतकसंगै पूर्व खेलाडीहरु वाली ह्यामोन्ड र माहेला जयवर्दनेको पनि सात वटा शतक छ । यो कीर्तिमान कोहलीले सजिलै तोड्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ